अन्तत, अलमुताइरीले मागे माफी

0
240

काठमाडौं । प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले माफी मागेका छन् । राष्ट्रिय फुटबल टिमका अलमुताइरीले सामाजिक संजाल फेसबुकबाट माफी मागेका हुन् ।

उनले एक अनलाइन मिडियालाई दिएको अन्तर्वार्ताको विषयमा माफी मागेका हुन् । अलमुताइरीले एक अनलाइनसँगको अन्तर्वार्तामा पदाधिकारीहरु सुध्रिन पर्ने बताएका थिए ।

उनले पहिले नेपाली फुटबल खेलाडीहरु नतिजाका लागि भन्दा पनि नयाँ देश हेर्न र घुम्न मात्र जाने गरेको र आफ्नो आगमनपछि राम्रो नतिजा आएको बताएका थिए ।

Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi

उनको त्यस अभिव्यक्ति पछिल्लो समय विवादमा आएको थियो । प्रशिक्षक अलमुताइरीले आफ्नो भनाइको गलत अर्थ लागेको महसुस भएको बताउँदै माफी मागेका छन् ।

“गत महिना मैले एक अनलाइनमा दिएको अन्तर्वार्ताको बारेमा माफी माग्न यहाँ छु । नेपाली राष्ट्रिय टिम र खेलाडीको बारेमा बोल्दा मेरो उद्देश्य तीन दशकमा नेपालको टिम र अन्य एसियन टिमको विकासको बारेमा बुझाउनु थियो,” अलमुताइरीले भनेका छन् ।

पछिल्लो समय अलमुताइरी एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङसँगको विवादमा समेत तानिएका छन् । प्रशिक्षक र उपाध्यक्षको विवादको विषयलाई लिएर एन्फाका प्रवक्ता किरण राईले समेत राजिनामा दिएका छन् ।

उनले आफूलाई निश्पक्ष रुपमा काम गर्न मन लागेको र एन्फाको अहिलेको कार्यसमितीले त्यो रुपमा काम गर्न नदिएको बताएका छन् ।

राईले आइतबार पत्रकार सम्मेलन गर्दै राजिनामा घोषणा गरेको थिए । त्यसअघि उनले एन्फका अध्यक्षलाई राजिनामा बुझाइ सकेका थिए ।

अलमुताइरी एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङसँगको विवादको विषयलाई लिएर एन्फा भित्र असमझदारी भएको छ ।

एन्फाले उक्त विषयलाई लिएर युवा तथा खेलकुद मन्त्रालयमा छानविनको माग गरेको छ ।

Spread the News
  • 241
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi