अन्तिम एकदिवसीयमा केडिसिसीले महेन्द्रनगरलाई हरायो

0
122

धनगढी।महेन्द्रनगर एघार बिरुद्वको तेस्रो एकदिवसीय खेलमा कैलाली जिल्ला क्रीकेट क्लब ७ विकेटले विजयी भएको छ।योसँगै तीन खेलको ओडिडी सिरिज महेन्द्रनगरले २-१ ले जितेको छ।

महेन्द्रनगरले दिएको ७८ रनको लक्ष्य केडिसिसीले १७ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो।केडिसिसीका दिनेश ओड ४९ बलमा ६ चौका र २ छक्कासहित ४२ रनमा आउट भए।कैलाश क्षेत्री २३ बलमा १ चौकासहित १३ रनमा अविजित रहे।

बलिङतर्फ महेन्द्रनगरका हिमाल विष्टले २ तथा हेमन्त धामीले एक विकेट लिए।

Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको महेन्द्रनगरले १६.४ ओभरमा अल आउट हुँदै ७७ रन जोडेको थियो।महेन्द्रनगरका अभिषेक थापा ३९ बलमा ३ चौका र १ छक्कासहित ३१ रनमा अविजित रहे।विशाल ऐर १३ बलमा २ चौकासहित १२ रनना आउट भए।अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन।

बलिङतर्फ केडिसिसीका सञ्जय बोहोराले ७ ओभरमा २२ रन खर्चेर ५ विकेट लिए।नरेन्द्र साउदले ३ ओभरमा ७ रन खर्चेर ३ विकेट लिए।श्याम साउद र अभिषेक चौधरीको नाममा एक विकेट रह्यो।

Spread the News
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi