अपराजित एपिएफ समूह विजेता बन्दै सेमिफाइनलमा

0
73

काठमाडौ।नेपाल एपिएफ क्लब प्रधानमन्त्री कप टि-२० राष्ट्रिय क्रीकेट प्रतियोगिताको समूह बी को विजेता बन्दै सेमिफाइनलमा पुगेको छ।शुक्रबार मुलपानी क्रीकेट मैदानमा सम्पन्न खेलमा लुम्बिनी प्रदेशलाई ७ विकेरटले हराउँदै एपिएफ समूह विजेताको रुपमा सेमिफाइनलमा पुगेको हो।

लुम्बिनीले दिएको १ सय ५ रनको विजयी लक्ष्य एपिएफले ११ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो।एपिएफका ओपनर आशिफ शेखले २६ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ४३ रनको योगदान दिए।अर्का ओपनर प्रदिप ऐरीले २० बलमा २ चौका र ४ छक्कासहित ३६ रन जोडे।

बलिङतर्फ लुम्बिनीका बसिर अहमदले २ विकेट लिए।

Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi

त्यसअघि टस हारेर ब्याटिङ थालेको लुम्बिनीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४ रन जोडेको थियो।लुम्बिनीका देव खनालले ४३,सुशान्त थापाले १८ र कप्तान कृष्ण कार्कीले १३ रन जोडे।अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन।

बलिङतर्फ एपिएफका कमलसिंह ऐरी,किशोर महतो,अभिनाश बोहोरा र दिपक बोहोराले २/२ विकेट लिए।

एपिएफ समूह बी बाट ४ खेलमा ४ जितसहित शीर्ष स्थानमा रहेर सेमिफाइनलमा पुग्न सफल भयो।त्यस्तै वाग्मती,लुम्बिनी र प्रदेश दुईको दुईदुई अंक छ।गण्डकीले अंकको खाता खोल्न सकेको छैन।

Spread the News
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi