अर्जुन साउदको अर्धशतकीय पारी:सुदुरपश्चिमद्वारा गण्डकी पराजित

0
125

काठमाडौ।सुदुरपश्चिम प्रदेशले वाईवाई यु-१९ राष्ट्रिय क्रीकेट प्रतियोगितामा गण्डकी प्रदेशलाई पराजित गरेको छ।मंगलबार टियु मैदानमा भएको खेलमा सुदुरपश्चिमले गण्डकीलाई ४ विकेटले पराजित गरेको हो।

गण्डकीले दिएको २ सय १० रनको विजयी लक्ष्य सुदुरपश्चिमले ४९.२ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो।सुदुरपश्चिमका अर्जुन साउदले ७९ बलमा ६ चौका र २ छक्कासहित सर्वाधिक ६८ रनको योगदान दिए।राहुल भण्डारी ४२ बलमा ४ चौकासहित ४२ रनमा अविजित रहे।कप्तान खडक बोहोरा ४०,लोकेश बम १५,नरेश भट्ट १३ र वसन्त कार्की ११ रनमा आउट भए।

बलिङतर्फ गण्डकीका सुभाष भण्डारीले १० ओभरमा ३ मेडन राख्दै २१ रन खर्चेर ३ विकेट लिए।सुदिप अर्यालले २ र अर्जुन कुमालले एक विकेट लिए।

Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi

त्यसअघि टस हारेर ब्याटिङ थालेको गण्डकीले ४९ ओभरमा अल आउट हुँदै २ सय ९ रन जोडेको थियो।गण्डकीका दिपक डुम्रेले ९९ बलमा ७ चौकासहित सर्वाधिक ५६ रनको योगदान दिए।उत्सव श्रेष्ठ ५२ बलमा ५ चौका र २ छक्कासहित ४० रनमा आउट भए।सुभाष भण्डारीले २७,कमल परियारले २०,सुजन गौतमले १७,अर्जुन कुमालले १३ र कप्तान विष्णु पान्डेले ११ रन जोडे।

बलिङतर्फ सुदुरपश्चिमका कैलाश ऐरीले ८ ओभरमा ४३ रन खर्चेर ३ विकेट लिए।आकाश चन्द र गजेन्द्र बोहोराले २/२ विकेट लिए।

Spread the News
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi