अर्जेन्टिनालाई साउदीले हराएको खुसीमा राजाले दिए सार्वजनिक बिदा

0
62

काठमाडौं । साउदी अरेबियाका राजा सलमानले कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत समूह चरणको पहिलो खेलमा अर्जेन्टिना विरुद्ध २-१ गोलको ऐतिहासिक पुनरागमन जित निकालेको खुसीमा भोलि बुधबार सार्वजनिक बिदाको घोषणा गरेका छन् ।

मंगलबार भएको खेलमा पहिलो हाफमा १-० गोलले पछि परेको साउदी अरबले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल गर्दै जित निकालेको हो । साउदी अरबका लागि सालेह अलशेरी र सालेम अल्दावसारीले गोल गरे । यता, अर्जेन्टिनाका लागि कप्तान लियोनल मेस्सीले गोल गरे ।

खेलको १०औँ मिनेटमा नै पेनाल्टीबाट कप्तान लियोनल मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई १-० गोको अग्रता दिलाए ।

Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi

उक्त जितसँगै समूह ‘सी’ मा रहेको साउदी अरबले अब पोल्यान्ड र मेक्सिकोसँग खेल्नेछ । यी दुवै राष्ट्रलाई पराजित गरे साउदी अरब समूह विजेता बन्दै नकआउट चरणमा पुग्नेछ ।

Spread the News
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi