आईपिएलमा श्रेयशको उत्कृष्ट कमब्याक जितसॅंगै दिल्ली प्लेअफ नजिक

0
170

काठमाडौं। चौधौं संस्करणको ईण्डियन प्रिमियर लिग(आईपिएल) गए राती सम्पन्न खेलमा बिजयी बन्दै दिल्ली क्यापिटल्स शिर्ष स्थानमा पुगेको छ।
लिगको पहिलो चरणमा खराब लयमा रहेको सनराईजर्स हैदराबादको दोस्रो चरणको सुरुवात पनि सोहि लय कायम गर्दै भए पश्चात दिल्लीले हैदराबादलाई ८ विकेटले पराजित गरेको हो।

टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै १३४ रन जोडेको थियो।उसका लागि अब्दुल समाधले २८ रनको सर्वाधिक ठुलो पारी खेल्दा रशिद खानले २२ ,ऋद्धिमान शाहले १८/१८ रन बनाए। सनराईजर्सलाई कम योगफलमा नै रोक्न दिल्लीका लागि कागिसो रबडाले ३ र अक्सर पटेल तथा एनरिक नोर्कियाले समान २/२ विकेट लिए।

१३५ रनको लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रीएको दिल्लीले १७.५ ओभरमा २ विकेट गुमाउदै भेट्यो। दिल्लीका लागि शिखर धवनले ४२ रनको योगदान गर्दा घाईते भएर पहिलो चरणका खेलहरु गुमाएका पुर्व कप्तान श्रेयस अय्यर र वर्तमान कप्तानले विजयी अर्धशतकीय साझेदारी गरे। हैदराबादका खलिल अहमद र रशिद खानले समान १/१ विकेट लिए।

यस जितसॅंगै १४ पाएको दिल्ली पहिलो स्थानमा उक्लदा उसको प्लेअफको सम्भावना बढ्दा हैदराबाद भने २ अंकका साथ लिग तालिकाको पुछारमा रहदा उसको प्लेअफको सम्भावना पनि लगभग समाप्त भएको छ।

लिगमा आज मुम्बई ईण्डियन्स र कलकत्ता नाईटराईटर्स आमने सामने हुदै छन्।

Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Spread the News
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi