आफ्नो पुरानो टिम विरुद्ध उत्रदै सन्दिप

0
81

काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द होबार्ट हरिकेन्सले बिग बास लिग (बीबीएल) टी-ट्वान्टी क्रिकेटमा आज आफ्नो पाचौ खेल खेल्दै छ।

४ खेलमा ३ जितका साथ तालिकाको पुछारबाट तेस्रो स्थानमा रहेको सन्दिप लामिछानेले बिबिएल सुरुवात गरेको टोली मेलवर्न स्टारसॅंग अंक तालिकाको सातौ स्थानको टोली हरिकेन्सले प्रतिस्पर्धा गर्दै छ।

सन्दिपको टोली पछिल्ला दुई खेलमा नराम्रोसॅंग पराजित हुदा पछिल्लो पर्थसॅंगको खेलमा सन्दिपको प्रदर्शन खराब रहेको थियो।

होबार्टले मेलवर्नसॅंग नेपाली समयानुसार बिहान १० :१५ बजेबाट खेल सुरु गर्ने छ। खेल होबार्टमा नै हुनेछ।

Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi

यस खेलमा पनि सन्दीप अन्तिम ११ मा पर्ने सम्भावना लगभग पक्का नै रहेको छ ।सन्दिपले दोस्रो संस्करण होबार्टबाट खेल्न लागेका हुन् ।सन्दीपले गत संस्करण होबार्टका लागि ८ खेल खेल्दै ८ विकेट लिएका थिए ।यस संस्करण सन्दिपले ४ खेलमा मात्र २ विकेट हात पारेका छन्।

त्यसअघि सन्दीपले मेलबर्न स्टार्सबाट बिग बास लिग खेलेका थिए । सन्दीप बिग बास लिग खेल्ने पहिलो नेपाली खेलाडी हुन् ।

८ टोली सहभागी यस प्रतियोगिता जनवरी २६ सम्म जारी रहनेछ।

Spread the News
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi