आयरल्यान्डमाथी अमेरिकाको ऐतिहासिक जित

0
85

एजेन्सी।घरेलु टोली अमेरिकाले पहिलो टि२० आईमा आयरल्यान्डलाई २६ रनले पराजित गरेको छ।टि२० आईमा अमेरिकाले कुनैपनी टेस्ट टोलीलाई हराएको यो पहिलोपटक हो।

अमेरिकाले दिएको १ सय ८९ रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्ड निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६२ रनमा समेटिन पुग्यो।आयरल्यान्डका लोर्कन टकर ४९ बलमा ३ चौका र २ छक्कासहित ५७ रनमा अविजित रहे ।ओपनर पाउल स्टर्लिङ ३१,शेन गेटकाटे १९ र कर्टिस कम्फर १७ रनमा आउट भए।

बलिङतर्फ अमेरिकाका सौरभ नेत्रवालकार, निसर्ग पटेल र अली खानले २–२ विकेट लिए ।

त्यसअघि फ्लोरिडामा टस जितेर ब्याटिङ थालेको अमेरिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८८ रन जोडेको थियो।अमेरिका गजानन्द सिंहले ४२ बलमा ३ चौका र ५ छक्कासहित सर्वाधिक ६५ रनको योगदान दिए । सुशान्त मोदानी ३९ बलमा ३ चौका र १ छक्कासहित ५० रनमा आउट भए। एक समय ४.२ ओभरमा १६–४ को खराब अवस्थामा पुगेको अमेरिकालाई गजानन्द र सुशान्तले पाँचौं विकेटका लागि १ सय १० रनको कीर्तिमानी शतकीय साझेदारी गर्दै बलियो योगफलमा पुर्याएका थिए।मार्टि केन १५ बलमा ३ चौका र ३ छक्कासहित ३९ रनमा अविजित रहे ।

Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi

आयरल्यान्डका ब्यारी म्याकार्थीले ४ ओभरमा ३० रन खर्चेर ४ विकेट लिए।

जितपछी अमेरिकाले दुई खेलको टि२० आई सिरिजमा १-० को अग्रता लिएको छ।दोस्रो टि२० आई शुक्रबार हुनेछ।

Spread the News
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi