आयोजक कतारलाई हराउँदै इक्वेडरको विजयी सुरुवात

0
62
AL KHOR, QATAR - NOVEMBER 20: Enner Valencia (C) of Ecuador celebrates after scoring their team's second goal during the FIFA World Cup Qatar 2022 Group A match between Qatar and Ecuador at Al Bayt Stadium on November 20, 2022 in Al Khor, Qatar. (Photo by Shaun Botterill - FIFA/FIFA via Getty Images)

काठमाडौं । आजबाट सुरु भएको कतार विश्वकप २०२२ को उद्घाटन खेल मा इक्वेडरले सुखद सुरुवात गरेको छ ।

कतारको अल बायत स्टेडियममा आइतबार राति भएको उद्घाटन खेलमा इक्वेडरले आयोजक कतारलाई २-० गोलले हराउँदै विजयी सुरुवात गरेको हो ।

इक्वेडरको जितमा कप्तान इनर भ्यालेन्सिया दुई गोल गरे साथै उनी कतार विश्वकपमा पहिलो गोलकर्ता समेत बनेका छन् । 

Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi

इक्वेडरका कप्तान भ्यालेन्सियाले १६ औं मिनेटमा पेनाल्टीबाट गोल गरेका हुन् । 

कतारी गोलकिपर साद अब्दुल्लाह अल शिवले पेनाल्टी क्षेत्रभित्र भ्यालेन्सियालाई लडाएपछि इक्वेडरले पेनाल्टी पाएको हो।

यस्तो खेलको ३१औं मिनेटमा इक्वेडरको लागि कप्तान भ्यालेन्सियाले पुनः गोल गरि २-० गोलको अग्रता दिलाए । उक्त गोल नै जितको लागि प्रयाप्त बन्यो ।

उक्त जितसँगै इक्वेडरले पहिलो खेलमै ३ अंक बनाउँदै सुखद सुरुवात गरेको छ । यता पराजित कतारले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।

Spread the News
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi