आर्थिक अभाव भएपछि गौतमबुद्व अन्तर्राष्ट्रिय क्रीकेट रंगशालाको काम रोकियो

0
137

काठमाडौ।आर्थिक अभाव भएपछि चितवनमा धुर्मुस सुन्तली फाउन्डेसनद्वारा निर्माण गरिरहेको गौतमबुद्व अन्तर्राष्ट्रिय क्रीकेट रंगशालाको काम ठप्प भएको छ।आर्थिक अभाव भएपछि साउन १५ गते यता निर्माणको कुनै कार्य हुन सकेको छैन।

अहिले रंगशाला निर्माण कार्यमा लिएको उधारो तिर्न नसक्ने अवस्थामा पुगिसकेको छ।रंगशाला निर्माण गर्दा १६ करोड बढी रुपैयाँ उधारो हुन पुगेपछि निर्माणको काम नै रोकिएको हो।रंगशाला निर्माणको लागि अहिलेसम्म विभिन्न अभियानबाट ३६ करोड ५९ लाख ३२ हजार ७ सय ४१ रुपैयाँ उठेको छ।त्यस्तै रंगशाला निर्माणमा ५४ करोड ६२ लाख २१ हजार १३ रुपैयाँ खर्च भैसकेको छ।१६ करोड २ लाख त बक्यौता रकम नै भएको छ।

२०७५ माघमा ३ वर्षमा सक्ने गरि गरिएको सम्झौता सकिन केही महिना मात्र बाकी छ।तर रंगशाला निर्माणको काम भने ३५ प्रतिशत मात्र सकिएको छ।यस्तो अवस्थामा आर्थिक अभाव भएपछि कहिले सम्पन्न हुने हो त्यो भने अनिश्चित बनेको छ।

Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi

सुरुमा जनस्तरबाटै निर्माण गरिने लक्ष्य राखिए पनि जनस्तरबाट त्यो सम्भव नहुने देखिएको छ।अहिले फाउन्डेसनले सरकारको साथ पाएमात्र रंगशाला बन्ने देखिन्छ।सुरुसुरुमा जनस्तरबाट तीब्र गतिमा रंगशाला निर्माणको लागि रकम संकलन भएपनि अहिले भने रकम उठ्नै छाडेको छ।

रंगशाला निर्माणको लागि धानधान्याचल महायज्ञ पनि आयोजना भयो,त्यसमा धेरैले रकम उपलब्ध गराउने भनिए पनि उक्त रकम उठेको छैन।२०७६ माघमा गरिएको महायज्ञमा ६९ करोड ४५ लाख ५६ हजार रकम उठेको घोषणा तत्कालीन समितिले गरेको थियो । तर कबोल गर्नेहरुले अहिलेसम्म जम्मा २० करोड २५ लाख रुपैयाँ दिएका छन् । अरु रकम उठाउने विषयमा निरन्तर फलो गरे पनि उनीहरुले रकम नदिँदा रंगशालामा आर्थिक संकट परेको हो ।

रंगशालामा भिआइपी प्याराफिट बनाउने काम चलिरहदा अहिले आर्थिक अभाव भएपछि काम रोकिएको छ।त्यस्तै मुख्य मैदानको पिच बनाउनेबाहेक अरु सबै काम सकिएको छ।रंगशालाको अहिलेसम्म ३५ प्रतिशत काम सकिएको छ।

Spread the News
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi