आर्मि फाईनलमा

0
65

काठमाडौ। दोस्रो संस्करणको टाइगर कप महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा आजको पुरुष तर्फको अन्तिम खेलमा त्रिभुवन आर्मि क्लब विजयी भएको छ।

नेपाल आर्मीलाई ३-० को सेटले पराजित गरी त्रिभुवन आर्मि फाईनल पुगेको हो । यस अघि हेल्प नेपाल फाईनल प्रवेश गरेको थियो।

पुरुषको फाईनल पुग्ने टोलीको निधो भए पनि नेपाल पुलिस र न्यु डायमण्ड एकेडेमि बिचको यस पछिको खेलले महिला टोलीको निर्धारण हुनेछ। हिजो सम्पन्न नभई बिचमा नै रोकिएको नेपाल पुलिस तथा न्यु डायमण्ड बिचको बाकि खेल पनि हुनेछ। यो खेल ३:३० बजे हुनेछ।

Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi

दोस्रो खेलमा केही समयमा आयोजक टाईगर ग्रुप अफ पोखरा र विभागीय टोली नेपाल एपिएफ क्लव आमने सामने हुनेछन्।

शुश्री मिडिया प्रालीको मुख्य प्रायोजन रहेको यस भलिबल प्रतियोगितामा महिला र पुरुष तर्फ समान ५ टोलीले सहभागीता रहने छ।
यस भलिबल प्रतियोगिता कप भलिबल पोखरा रंगशालामा रहेको भलिबल प्रशिक्षण केन्द्रमा संचालन हुनेछ ।

यस प्रतियोगितामा महिला तर्फ आयोजक सहित विभागीय टोलीहरु नेपाल एपिएफ क्लब,त्रिभुबन आर्मी क्लब,नेपाल पुलिस क्लब र न्यू डायमण्ड एकेडेमिको सहभागीता रहने छ।

पुरुषतर्फ भने सबिक बिजेता गण्डकी प्रदेश सहित त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब र टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लब रहेका छन् ।

महिला र पुरुषतर्फको विजेताले समान ३ लाख, उपविजेता टोलीले १ लाख ५० हजार, तेस्रो हुनेले ७५ हजार र सान्त्वना हुने टोलीले ३५ हजार प्राप्त गर्नेछ ।

Spread the News
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi