आर्मीमाथी एपिएफको रोमाञ्चक जित

0
140

२२ फागुन काठमाडौ।काठमाडौ मेयर कप क्रीकेट-२०७७ मा शशस्त्र प्रहरीको एपिएफ क्लवले विजयी सुरुवात गरेको छ।शनिबार भएको उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लबलाई १ विकेटले हराउदै एपिएफले विजयी सुरुवात गरेको हो।

आर्मीले दिएको २३६ रनको लक्ष्य एपिएफले २ बल अगावै पूरा गर्यो।उसको लागि सुमित महर्जनले ७८ बलमा ८ चौकाको मदतमा ६०,वसन्त रेग्मीले ७९ बलमा ३ चौका र १ छक्काको मदतमा ४९ र अमर रौटेलाले ३१ बलमा १ चौका र ४ छक्काको मदतमा ३८ रन जोडे।त्यस्तै आशिफ शेख र भुवन कार्कीले १० रन जोडे।बलिङमा आर्मीका विक्रम सोबले ३,करन केसीले २ तथा सोमपाल कामी,साहब आलम र लोकेश बमले १/१ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा अलआउट हुँदै २३५ रन जोडेको थियो।उसको लागि रोहित कुमार पौडेलले ७८ बलमा ३ चौकाको मदतमा ५६ र कप्तान विनोद भन्डारीले ४२ बलमा १ चौका र ३ छक्काको मदतमा ४२ रन जोडे।त्यस्तै लोकेश बमले ३०,सोमपाल कामीले २८,भिम सार्कीले १८,राजेस पुलामीले १७ र कुशल मल्लले ११ रन जोडे।बलिङमा एपिएफका अभिनाश बोहोराले ३,अमर रौटेला र भुवन कार्कीले २/२ तथा कमलसिंह ऐरी र वसन्त रेग्मीले १/१ विकेट लिए।

Spread the News
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi