आर्सनलको पहिलो जित,सिटी पनि विजयी

0
67

एजेन्सी।ईङ्लिस प्रिमियर लिगमा आर्सनलले पहिलो जित निकालेको छ।पहिलो जित निकाल्ने क्रममा आर्सनलले नर्विच सिटीलाई १–० ले पराजित गरेको हो ।

आर्सनलको जितमा कप्तान पिएरे इमिरिक औवामियाङले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो ।६६औं मिनेटमा निकोलस पेपेको पासमा कप्तान औवामियाङले गोल गरेपछि आर्सनल विजयी भयो।पहिलो जित निकालेको आर्सनल १७ औं स्थानमा छ।पराजित नर्विच पुछारमा छ।

त्यस्तै अर्को खेलमा साविक विजेता म्यानचेस्टर सिटीले लेस्टर सिटीलाई १–० ले पराजित गरेको छ।सिटीको जितमा दोस्रो हाफमा बर्नाडो सिल्भाले गरेको गोल नै निर्णायक बन्यो । उनले ६२औं मिनेटमा गोल गरेका थिए । जितपछि सिटी ४ खेलबाट ९ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । लेस्टर ६ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Spread the News
  • 40
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi