आर्सनलको फराकिलो जित

0
394

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले शानदार जित निकालेको छ ।
आइतबार बिहान सम्पन्न भएको खेलमा आर्सनलले वेस्ट ब्रोममाथि ४-० गोलको फराकिलो जित निकालेको हो ।

वेस्ट ब्रोमको घरेलु मैदानमा पाहुना टोली आर्सनलको जितमा एलेक्जान्द्रे लाकाजेटले दुई गोल गर्दा किइरन टिर्नी र बुकायो साकाले १-१ गोल गरे ।जारी खेलको २३औं मिनेटमा टिर्नीले गोल गर्दै आर्सनलाई सुरुवाती अग्रता दिलाएका थिए । त्

त्यसको पाँच मिनेट नबित्दै साकाले गोल गरेपछि आर्सनलले पहिलो हाफमै २-० गोलको आरामदायी अग्रता बनायो । त्यस्तै दोस्रो हाफको खेलको ६०औं मिनेटमा र ६४औं मिनेटमा लाकाजेटले गोल गर्दै आर्सनललाई ४-० गोलको शानदार जित दिलाए ।

Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi

उक्त जितसँगै आर्सनल एघारौं स्थानमा उक्लिएको छ । हाल १७ खेलबाट १६ अंक बनाएको छ । यता पराजित ब्रोम भने ८ अंकका साथ १९औं स्थानमा छ ।

Spread the News
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi