ईङ्ल्यान्डमाथी भारतको शानदार जित:कोहली र ईशानको उत्कृष्ट ब्याटिङ

0
254

एजेन्सी।ईङ्ल्यान्डबिरुद्वको दोस्रो टि२० खेलमा भारतले सानदार जित निकालेको छ।आइतबार भएको दोस्रो टि२० खेलमा भारतले ईङ्ल्यान्डलाई ७ विकेटले पराजित गरेको हो।

ईङ्ल्यान्डले दिएको १६५ रनको लक्ष्य भारतले १७.५ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो।भारतका कप्तान विराट कोहली ४९ बलमा ५ चौका र ३ छक्कासहित ७३ रनमा अविजित रहे।त्यस्तै डेब्यु खेल खेलेका इशान किशानले ३२ बलमा ५ चौका र ४ छक्काको मदतमा ५६ र रिसभ पन्तले १३ बलमा २ चौका र २ छक्काको मदतमा २६ रन जोडे।बलिङमा ईङ्ल्यान्डका सम करन,क्रीस जोर्डन र आदिल रसिदले १/१ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ईङ्ल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६४ रन जोडेको थियो।उसका ओपनर जेसन रोयले ३५ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ४६ रन जोडे।त्यस्तै कप्तान इयोन मोर्गनले २८,बेन स्टोक्स र दविड मलानले २४/२४ तथा जोनी बेरस्टोले २० रन जोडे।

Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi

बलिङमा भारतका वासिन्टन सुन्दरले ४ ओभरमा २९ रन खर्चेर २ तथा शार्दूल ठाकुरले ४ ओभरमा २९ रन खर्चेर २ विकेट लिए । युजभेन्द्र चहल र भुवनेश्वर कुमारले १–१ विकेट लिए ।

भारतले दोश्रो टि-२० खेलमा इंग्ल्यान्डलाई पराजित गर्दै भारतले पाँच वटा टि-२० अन्तर्राष्ट्रियको सिरिज १-१ को बराबरी गरेको छ। पहिलो खेलमा इंग्ल्यान्ड ८ विकेटले विजयी भएकोा थियो । तेस्रो खेल मंगलबार हुने छ ।

यस्तै भारतका कप्तान विराट कोहली टि२० अन्तर्राष्ट्रियमा तीन हजार रन पूरा गर्ने विश्वकै पहिलो खेलाडी बनेका छनकोहली पछि टि-२० अन्तर्राष्ट्रियमा धेरै रन न्युजिल्यान्डका मार्टिन गप्टिलले बनाएका छन् जसको नाममा २ हजार ८ सय ३९ रन रहेको छ। तेश्रो धेरै रन बनाउने रोहित शर्माले २ हजार ७ सय ७३ रन बनाएका छन्।

Spread the News
  • 19
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi