एनआरटि र ब्रिगेड ब्वाइजले खेले बराबरी

0
106

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा ब्रिगेड ब्वाइज क्लब र न्युरोड टिम एनआरटीले बराबरी खेल्दै अंक बाडेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा ब्रिगेड र एनआरटीले गोलरहित बराबरी खेलेका हुन् ।

खेल दुबै टोलीले पाएको अवसरमा गोल गर्न नसक्दा खेल बराबरीमा सकिएको हो ।

एनआरटीको यो पहिलो १ अंक हो । पहिलो खेलमा एनआरटी साविक विजेता मछिन्द्र एफसीसँग २-१ गोल अन्तरले पराजित भएको थियो ।
खेलमा ब्रिगेडका शिशिर लेखी म्यान अफ दि म्याच चुनिए ।

Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi

लिग अन्तर्गत नै आज हुने दोस्रो खेलमा साविक विजेता मछिन्द्र एफसी र उपविजेता त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

Spread the News
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi