एनएसएल भलिबल हुने

0
216

काठमाडौं।नेपाली भलिबलको ईतिहासमा पहिलो पटक फ्रेन्चाईज लिग भलिबल प्रतियोगिता हुने भएको छ।

नेपाल भलिबल संघले महिला र पुरुष भलिबलको फ्रेन्चाईज लिग नेपाल सुपर लिग भलिबल आयोजना गर्न सम्झौता गरेको छ ।

नेपाल भलिबल संघकी उपाध्यक्ष निरोज मास्के र नेपाल स्पोर्ट्स म्यानेजमेन्ट एण्ड इभेन्ट्स प्रालिका अध्यक्ष आश्रयता कार्की चौधरीले सम्झौता पत्रमा हस्ताक्षर गर्दै आदान–प्रदान गरेका हुन्।

Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi

लिगको पहिलो संस्करण आगामी नोभेम्बर १७ देखि डिसेम्बर १७ सम्म हुने छ।

दोस्रो संस्करण भने होम एण्ड अबेमा गरिने सम्झौतामा उल्लेख छ।

संघले प्रतियोगिताको लागि प्राविधिक सहयोग गर्नेछ । संघले प्रतियोगिताबाट भएको नाफाको ३० प्रतिशत थप सहयोग पनि पाउनेछ ।

यस्तै नेपाल स्पोर्ट्स म्यानेजमेन्टले नेपाल भलिबल संघले आयोजना गर्ने महिला तथा पुरुष एनभिए क्लब च्याम्पियनसिपको लागि सहयोग गर्नेछ ।

Spread the News
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi