एपिएफ प्रधानमन्त्री कप भलिबल प्रतियोगिताको च्याम्पियन,सरस्वती चौधरी सर्वोकृष्ट

0
343

काठमाडौ।एपिएफ क्लबले सातौं संस्करणको प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताको उपाधी जितेको छ।मंगलबार भएको  खेलमा साविक विजेता नेपाल पुलिस क्लबलाई पराजित गर्दै एपिएफले उपाधी जितेको हो।

नेपालगन्जस्थित रंगशाला परिसरमा भएको खेलमा एपिएफले पुलिसलाई ३-० को सोझो सेटमा पराजित गर्यो।एपिएफले पुलिसलाइ २५-२२,२५-२३ र २५-१९ ले पराजित गर्यो।एपिएफ शीर्षस्थानमा रहदै उपाधी जितेको हो।उपाधी जितेको एपिएफले ५ लाख र दोस्रो भएको पुलिसले २ लाख प्राप्त गर्यो।

प्रतियोगितामा एपिएफलाई उपाधी दिलाउन प्रमुख भुमिका खेलेकी सरस्वती चौधरी सर्वोकृष्ट खेलाडी घोषित भएकी छिन।प्रतियोगिताभर उत्कृष्ट प्रदशन गर्दै सर्वोकृष्ट खेलाडी घोषित भएकी उनले २५ हजार प्राप्त गरिन।

Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi

त्यस्तै उषा भण्डारी प्रतियोगिताको उत्कृष्ट स्पाइकर घोषित भइन् । एपिएफकी हिरा केसी उत्कृष्ट ब्लकर चुनिइन् । पुलिसकी कमला पुन उत्कृष्ट सेटर घोषित भइन् । न्यु डायमन्डकी सलिना श्रेष्ट उत्कृष्ट लिब्रो र प्रतिभा माली उत्कृष्ट सर्भर घोषित भइन् । एपिएफका महेश चौधरी प्रतियोगता उत्कृष्ट प्रशिक्षक चुनिए । विधागततर्फ उत्कृष्ट चुनिने सबै खेलाडी र प्रशिक्षकले समान ५–५ हजार प्राप्त गरे ।

बाँके जिल्ला भलिबल संघको आयोजनामा फागुन २१ देखि सुरु भएको प्रतियोगितामा तीन विभागिय टोली नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, होङ्गान्जी न्यु डायमण्ड स्पोर्ट्स क्लब र स्थानिय टोली लुम्बिनी युनाइटेड गरी ५ टोलीको सहभागिता थियो

Spread the News
  • 111
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi