एपिएफ माथी सानदार जित निकाल्दै सातदोबाटो शिर्षस्थानमा उक्लियो

0
114

काठमाडौं ।नव प्रवेशी सातदोबाटो युथ क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ।

शुक्रबार भएको खेलमा विभागीय टिम एपीएफ क्लबलाई ४-१ गोल अन्तरले सहज रुपमा पराजित गर्दै सातदोबाटो शीर्ष स्थानमा उक्लिएको हो ।

सातदोबाटोलाई जित दिलाउन मार्टिन्स अजयीले ह्याट्रिक गोल गरे ।सुशील राईको नाममा एक गोल रह्यो ।एपीएफका बिकी तामाङले सान्त्वना गोल १ गोल फर्काए ।

Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi

खेलको ४२ औं मिनेटमा मार्टिन्सले गोल गर्दै सातदोबाटोलाई सुरुआती अग्रता दिलाए ।
पहिलो हाफको इन्जुरी समयमा मार्टिन्सले व्यक्तिगत दोस्रो गोल गर्दै सातदोबाटोलाई २-० को अग्रता दिलाए ।

पहिलो हाफमा दुई गोलले पछि परेको एपीएफले दोस्रो हाफको सुरुआतमै गोल फर्कायो । ४७ औं मिनेटमा आशिष लामाको पासमा बिकीले गोल गर्दै एपीएफलाई २-१ गोलको स्थितिमा ल्याए ।

त्यसपछि खेलको ५८ औं मिनेटमा मार्टिन्सले व्यक्तिगत तेस्रो गोल गर्दै सातदोबाटोलाई ४-१ को जित दिलाए । यससँगै मार्टिन्स जारी लिगमा ह्याट्रिक गर्ने पहिलो खेलाडी बनेका छन् ।
सानदार जितसँगै शीर्ष स्थानमा उक्लिएको सातदोबाटोले ३ खेलमा ७ अंक जोडेको छ ।

एपीएफको यो लगातार तेस्रो हार हो । अंक विहीन एपीएफ पुछारमा रहेको छ ।

Spread the News
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi