एलपिएल क्रीकेट:दिपक बोहरा चम्किदा काठमाडौको हिमालयन ह्वाइट हाउस स्कुल फाइनलमा

0
312

फाल्गुन,२८,धनगढी
  लिटिल फ्लावर स्पोर्टस एन्ड इभेन्टसको आयोजना तथा चण्डिका ग्रुप लिटिल फ्लावर प्रीमियर लिग-५ को चौधौं दिनको पहिलो सेमिफाइनल खेलमा हिमालयन ह्वाइट हाउस स्कुल काठमाडौ फाइनल प्रबेश गरेको छ।शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा शारदा सरस्वती स्कुललाई ८९ रनले पराजित गर्दै हिमालयन ह्वाइट हाउस फाइनल प्रवेश गरेको हो।
टस जितेर पहिले ब्याटिङ गरेको हिमालयन ह्वाइट हाउस स्कुल काठमाडौले निर्धारित २० ओभरमा ५ विकेटको क्षति १६४ रन बनाउन सफल भयो।ब्याटिङतर्फ हिमालयन ह्वाइट हाउस स्कुलका लागि कप्तान दिपक बोहराले ६१ बलमा सर्वाधिक ७३ रनको महत्त्वपूर्ण अर्धशतक बनाउदा दिपक बोहरा ४५ बलमा ६५ रन बनाउदै महत्त्वपूर्ण अर्धशतक बनाउन सफल भए।बलिङतर्फ शारदा सरस्वती स्कुलका लागि गणेशबहादुर बिटालुले ४ ओभरमा २५ रन खर्चंदै सर्वाधिक ३ विकेट लिन सफल भए।
१६५ रनको विजयी लक्ष्य पछ्याउँदै दोधारा चाँदनीको शारदा सरस्वती स्कुलले निर्धारित २० ओभरको खेलमा १२ ओभर खेल्दै मात्र ७५ रन जोड्नसक्दा पहिलो सेमिफाइनल खेल ८९ रनले गुमाउनपुग्यो।ब्याटिङतर्फ शारदा सरस्वती स्कुलका लागि गणेशबहादुर बिटालुले १० बलमा सर्वाधिक २२ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो रन अंक छुन सकेनन्।बलिङतर्फ कप्तान दिपक बोहरा २ ओभरमा १२ रन तथा सन्दिपजङ्ग शाहीले २ ओभरमा २० रन खर्चंदै समान ३/३ विकेट लिन सफल हुँदै आफ्नो टोलिलाइ पहिलो सेमिफाइनल खेल जिताउदै चण्डिका ग्रुप लिटिल फ्लावर प्रीमियर लिग-५ को फाइनल पुर्‍याउन सफल भए।
चण्डिका ग्रुप लिटिल फ्लावर प्रीमियर लिग-५ को चौधौं दिनको पहिलो सेमिफाइनल खेल काठमाडौको हिमालयन ह्वाइट हाउस स्कुलले ८९ रनले जित्दै प्रतियोगिताको फाइनल प्रवेश गर्न सफल भएको छ।उक्त खेलको म्यान अफ दी म्याच काठमाडौको ह्वाइट हाउस स्कुलका कप्तान दिपक बोहरालाई नगद १५०० तथा ट्रफी हिमालयन ह्वाइट हाउस स्कुलका कार्यकारी निर्देशक नारायण काफ्ले ज्यूले प्रदान गर्नुभएको हो।

Spread the News
  • 110
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi