ए डिभिजन लिगको नवौ चरणका खेलहरु आजबाट

0
71

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज शुक्रबारबाट नवौं चरणका खेलहरु सुरु हुँदैछ।

लिगको नवौं चरण अन्तर्गत आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई खेलहरु हुनेछन् ।पहिलो खेलमा विभागीय टोली एपीएफ र हिमालयन शेर्पाबीच प्रतिस्पर्धा हुनेछ । एपीएफ र शेर्पाबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ ।

एपीएफ लिगको दशौँ स्थानमा रहेको छ । एपीएफले ८ खेलमा ७ अंक जोडेको छ।आज हिमालयनलाई हराएर एपीएफ अंक तालिका सुधार्न चाहन्छ । जसका लागि एपीएफले तयारी राम्रो गरेको छ ।

Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi

हिमालयन लिगको छैटौं स्थानमा रहेको छ । हिमालयनले ८ खेलमा ११ अंक जोडेको छ । एपीएफलाई हराएर हिमालयन शीर्ष पाँचमा उक्लन चाहन्छ ।

आजको दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।मनाङ र सातदोबाटोबीचको खेल ४:४५ बजे सुरु हुनेछ ।
मनाङ १९ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । सातदोबाटोलाई हराएर मनाङ शीर्ष स्थानमा उक्लन चाहन्छ ।मनाङका प्रशिक्षक तोपे फुजाले ३ अंकको लागि मैदान उत्रने बताएका छन् ।

सातदोबाटो ९ अंक जोडेर आठौं स्थानमा रहेको छ । मनाङलाई हराएर सातदोबाटो अंक तालिका सुधार्न चाहन्छ ।

Spread the News
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi