ए डिभिजन लिग : आज दुई खेल हुदै

0
88

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आजबाट आठौं चरणका खेलहरु सुरु हुँदैछ।

लिगको आठौं चरण अन्तर्गत शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरुवाती दुई खेलहरु हुनेछन् ।

पहिलो खेलमा संकटा क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । संकटा र सातदोबाटोबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ ।
संकटा लिगको तेस्रो स्थानमा रहेको छ । संकटाले ७ खेलमा १३ अंक जोडेको छ।

Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi

आज सातदोबाटोलाई हराएर संकटा दोस्रो स्थानको मनाङसँग अंक बराबरी गर्न चाहन्छ ।सातदोबाटो ८ अंक जोडेर आठौं स्थानमा रहेको छ । संकटालाई हराएर सातदोबाटो शीर्ष पाँचमा उक्लन चाहन्छ ।

आज नै साझ ४:४५ मा सुरु हुने दोस्रो खेलमा विभागीय टिम एपीएफ क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

एपीएफ ६ अंक जोडेर दशौँ स्थानमा रहेको छ । जावलाखेललाई हराएर एपीएफ अंक तालिका सुधार गर्न चाहन्छ ।

जावलाखेल ७ अंक जोडेर नवौं स्थानमा रहेको छ । जावलाखेल पनि एपीएफलाई स्तब्ध पार्दै अंक तालिका सुधार्ने योजनामा हुनेछ ।

Spread the News
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi