ए डिभिजन लिग नहेर्ने अलमुताईरीको घोषणा

0
129

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले सहिद स्मारक ए डिभिजन लिगका खेलहरु मैदानमा गएर नहर्ने बताएका छन् ।

लिगमा सहभागी क्लबहरुले अलमुताइरीले बन्द प्रशिक्षमा परेका खेलाडीलाई विभिन्न खाले दबाब दिएको गुनासो गरेपछि अलमुताइरीको यस्तो भनाइ आएको हो ।

‘यदि लिग खेलहरुमा मेरो उपस्थितिले खेलाडी वा क्लबहरुमाथि दवाव पर्छ भने मसँग समाधान छ, म टेलिभिजनमा खेलहरु हेर्छु,’ अलमुताइरीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

अलमुताइरीले आफूले कहिल्यै पनि कुनै खेलाडीलाई लिगका खेलमा शतप्रतिशत प्रदर्शन नगर्न दवाव नदिएको दावी गरे ।

Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi

‘मलाई विश्वास छ कि क्लबमा शतप्रतिशत नखेल्ने खेलाडीले राष्ट्रिय टोलीमा कहिल्यौ पनि शतप्रतिशत प्रदर्शन गर्न सक्दैनन,’ उनले थपे ।
अलमुताइरीले फुटबलको विकासका लागि क्लब र लिग फुटबल नै मुख्य कारक रहेको भन्दै आफूले कसरी खेलाडीहरुलाई शतप्रतिशत प्रदर्शन नगर्न आग्रह गर्न सक्छु भन्दै प्रश्न समेत गरेका छन् ।

Spread the News
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi