कडेलको कप्तानीमा प्रदेश एकको टोली घोषणा

0
114

काठमाडौं । यू-१९ राष्ट्रिय प्रतियोगिताको लागि प्रदेश एकले आफ्नो टिमको घोषणा गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुने यस प्रतियोगिताको लागि प्रदेश एकले दीपेश कंडेलको कप्तानीमा १४ सदस्सिय टोलीको घोषणा गरिएको हो ।

प्रतियोगितामा प्रदेश-१ सहित सात प्रदेशको टोलीको सहभागीता रहने छ । प्रतियोगितामा प्रदेश एक, मधेश प्रदेश,बागमती प्रदेश,गण्डकी प्रदेश,लुम्बिनी प्रदेश,कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको सहभागिता रहेको छ ।

प्रतियोगिता मंसिर ७ गतेबाट १९ गतेसम्म टियु क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा हुनेछ । प्रतियोगितामा प्रदेश एकको पहिलो खेल ८ मंसिरमा गण्डकी प्रदेश विरुद्ध रहेको छ ।

Spread the News
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi