कतार विश्वकप : आज तीन खेल

0
33

काठमाडौं । कतारमा आइतबारबाट सुरुभएको फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज सोमबार तीन खेलहरु हुँदैछन् ।

कतार विश्वकपमा सोमबार समूह ए को एक खेल हुँदैछ । यस्तै समूह बी को दुई खेल हुने तालिका रहेको छ ।

सोमबार हुने पहिलो खेलमा इंग्ल्यान्ड र इरानबीच प्रतिस्पर्धा हुनेछ । इंग्ल्यान्ड र इरानबीचको खेल बेलुका ६:४५ बजे सुरु हुनेछ ।

Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi

समूह बी मा रहेको इंग्ल्यान्ड र इरान जित निकाल्दै सुखद सुरुआत गर्न चाहन्छ ।

समूह बी अन्तर्गतको अर्को खेलमा अमेरिका र वेल्सबीच प्रतिस्पर्धा हुनेछ । अमेरिका र वेल्सबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।

त्यस्तै समूह ए अन्तर्गत सेनेगल र नेदरल्यान्ड्सबीच खेल हुनेछ । सेनेगल र नेदरल्यान्ड्सबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ ।

​मध्येपूर्वको मुस्लिम राष्ट्रमा पहिलो पटक आयोजना भएको विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन् ।

उद्घाटन खेलमा आयोजक कतारलाई २९० ले हराएर इक्वेडरले विजयी सुरुआत गरिसकेको छ ।

सहभागी राष्ट्रलाई आठ समूहमा विभाजन गरिएको छ । यस विश्वकपमा कुल ६४ खेल हुनेछ ।

Spread the News
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi