कतार विश्वकप : पोर्चुगल र ब्राजिलका खेल आज

0
485

काठमाडौं । कतार विश्वकप पोर्चुगल र ब्राजिलका खेल आज

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल प्रतियोगिता २०२२ अन्तर्गत आज पनि दुई समूहको ४ वटा खेल हुँदैछ ।

आज हुने पहिलो खेलमा समूह जीको स्वीट्जरल्याण्ड र क्यामरुन आमने सामने हुने छन् । उक्त खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजेबाट सुरु हुनेछ ।

Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi

यही समूहमा रहेको ब्राजिल र सर्विया भने राति १२:४५ बजे भिड्ने छन् ।

आजै समूह एचका दुई खेल पनि हुने छन् । नेपाली समय अनुसार साँझ ६:४५ बजे उरुग्वे र दक्षिण कोरियाबीच प्रतिस्पर्धा हुनेछ । यसैगरी ९:४५ बजे पोर्चुगल र घानाको खेल हुने छ ।

बुधबार भएको खेलमा जर्मनीमाथि जापानले २-१ गोलको पुनरागमन जित दर्ता गरेको थियो भने स्पेनले कोस्टारिका माथि ७-० को फराकिलो जित निकालेको थियो ।

यस्तै, मोरक्कोले क्रोएशियासँग गोलरहित बराबरी खेल्दा बेल्जियमले क्यानडामाथि १-० को कठिन जित निकाल्न सफल भयो ।

Spread the News
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi