कप्तान रोहित र दीपेन्द्रको शतकमा नेपालले बनायो विशाल योगफल

0
137

काठमाडौं । कप्तान रोहित पोडेल र दीपेन्द्रसिंह ऐरीको शतकमा मद्यतमा नेपालले पहिलो एकदिवसीय अभ्यास खेलमा दिल्ली डिस्ट्रिक क्रिकेट एसोसियसनलाई ३०४ रनको बिशाल लक्ष्य प्रस्तुत गरेको छ ।

टस जितेर पहिला ब्याटिङ सुरु गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३ सय ३ रन बनायो । नेपालका लागि कप्तान रोहित पौडेल १३५ बलमा ११ चौका र १ छक्कासहित ११३ रनमा आउट भए । दीपेन्द्रसिंह ऐरीले ६२ बलमा ८ चौका र ६ छक्कासहित १०९ रनको शतकीय इनिङ खेले । दीपेन्द्रले ५८ बलमै शतक हानेका थिए ।

शीर्षक्रमका प्रमुख तीन ब्याटर खाता खोल्न नसकी आउट भए । नेपालका ओपनरद्वय आसिफ शेख तथा अर्जुन साउदलाई शुन्यमा गुमाएको नेपालले पुर्व कप्तान ज्ञानेन्द्र मल्ललाई पनि शुन्य रनमा गुमाएको थियो । नेपाललाई रोहित र हरिशंकर शाहले केहि इनिङ उकासेका थिए । हरिशंकर २९ बलमा २५ रन बनाउँदै आउट भए । कुशल भुर्तेल ३९ बलमा २१ रन बनाउँदै आउट भए ।

Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi

डीडीसीएका लागि प्रिन्स यादवले ३ तथा मनिश सिरावतले २ विकेट लिए ।

नेपालले आइसिसी विश्वकप लिग २ अन्तर्गत नामिबिया भ्रमण अघि भारतमा अभ्यास खेलेको हो । नेपालले शुक्रबार दिल्लीसँगनै दोस्रो अभ्यास खेल खेल्नेछ । आइतबार नामिबिया प्रस्थान गर्नेछ ।

Spread the News
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi