कर्णालीमाथी बागमतीको संघर्षपूर्ण जित

0
81

काठमाडौ।वाग्मती प्रदेशले वाईवाई यु-१९ राष्ट्रिय क्रीकेट प्रतियोगितामा कर्णाली प्रदेशमाथी संघर्षपूर्ण जित निकालेको छ।मंगलबार मुलपानी क्रीकेट मैदानमा भएको खेलमा वाग्मतीले कर्णालीलाई एक विकेटले पराजित गरेको हो।

कर्णालीले दिएको ७९ रनको सामान्य लक्ष्य बागमतीले १९.५ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो ।वाग्मतीलाई जितको लागि तीन रन चाहिएको अवस्थामा गौतम केसीले प्रकाश जैशीलाई छक्का प्रहार गर्दै जित दिलाए। वागमतीका विवेक मगरले ४७ बलमा ३ चौका सहित सर्वाधिक १८ रन बनाए । उत्तम मगर ११ र कृश कार्की १२ रनमा आउट भए ।अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । 

बलिङतर्फ कर्णालीका अनुज चनाराले ८ ओभरमा १ मेडन राख्दै ३७ रन खर्चेर ५ विकेट लिए । प्रकाश जैशी, युनिस सिंह र सुवास ऐरको नाममा एकएक विकेट रह्यो।

Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi

त्यसअघि टस हारेर ब्याटिङ थालेको कर्णाली २७.१ ओभरमा ७८ रनमा अल आउट भएको थियो ।कर्णालीका निश्चल रावलले ५० बलमा २ चौका सहित सर्वाधिक १५ रन बनाए । सन्दीप शाहीले १४ र रुपक ढकाल १० रनमा आउट भए। अन्य ब्याट्सम्यानले दाहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङतर्फ वागमतीका गौतम केसीले ६.१ ओभरमा ३ मेडन राख्दै १० रन खर्चेर ४ विकेट लिए । विशाल यादवले ५ ओभरमा ३ मेडन राख्दै ११ रन खर्चेर ३ विकेट लिए । कृश कार्कीको नाममा २ विकेट रह्यो ।

Spread the News
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi