काठमाडौ मेयर कपमा पुलिसको विजयी सुरुवात

0
323

२२ फागुन,काठमाडौ।काठमाडौ मेयर कप क्रीकेट २०७७ मा नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेको छ।शनिबार भएको उद्घाटन खेलमा पुलिसले वाग्मती प्रदेशलाई २ रनले पराजित गरेको हो।

पुलिसले दिएको ७३ रनको सामान्य लक्ष्य पछ्याएको वाग्मती २७.२ ओभरमा ७० रनमा समेटियो।उसको लागि कप्तान ज्ञानेन्द्र मल्लले २२ र आदिल खानले १० रन बनाउनबाहेक अरुले दोहोरो अंकमा रन जोड्न सकेनन।वाग्मतीका ४ जना खेलाडीले रनको खाता नै खोल्न सकेनन।बलिङमा पुलिसका दिपेन्द्र सिंह ऐरीले ८ ओभरमा २ मेडनसहित २४ रन खर्चेर ४ तथा ललित नारायण राजवंशीले ८ ओभरमा २ मेडनसहित २२ रन खर्चेर ३ विकेट लिए।त्यस्तै सागर ढकालले २ र रसिद खानले १ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पुलिस २५.२ ओभरमा ७२ रनमा अल आउट भएको थियो।उसको लागि कप्तान मञ्जित श्रेष्ठले १५ तथा दिलिप नाथ,अनिल शाह र सुनिल धमलाले समान १० रन जोडेका थिए।बलिङमा वाग्मतीका अर्जियो पौडेलले ४ ओभरमा १ मेडनसहित ७ रन खर्चेर ४ तथा नन्दन यादवले ६.२ ओभरमा १९ रन खर्चेर ३ विकेट लिएका थिए।

Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Spread the News
  • 872
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi