कोहलपुर क्रीकेट एकेडेमीले जित्यो सुर्खेत क्रीकेट एकेडेमीबिरुद्वको यु१९ मैत्रीपूर्ण सिरिज

0
426

सुर्खेत क्रीकेट एकेडेमीबिरुद्वको यु१९ मैत्रीपूर्ण क्रीकेट सिरिज कोहलपुर क्रीकेट एकेडेमीले एक खेल अगावै जितेको छ।आइतबार भएको दोस्रो मैत्रीपूर्ण खेलमा सुखेत क्रीकेट एकेडेमीलाई ५ विकेटले पराजित गर्दै कोहलपुर क्रीकेट एकेडेमीले सिरिज एक खेल अगावै जितेको हो।

सुर्खेत क्रीकेट एकेडेमीले दिएको ११५ रनको लक्ष्य कोहलपुर क्रीकेट एकेडेमीले २५.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो।उसको लागि उसको लागि लभकुश यादवले ७० बलमा ३ चौका र २ छक्काको मदतमा अविजित ३१ रन जोडे।त्यस्तै सुनिल भन्डारीले २२ र रोहन केसीले २१ रन जोडे।बलिङमा सुर्खेत क्रीकेट एकेडेमीका राज कुमार शाहले ७ ओभरमा ३ मेडनसहित २८ रन खर्चेर २ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुर्खेत क्रीकेट एकेडेमी २७ ओभरमा ११४ रनमा अल आउट भएको थियो।उसको लागि मनिष थापाले २६ र सचिन भट्टराईले १३ रन जोडेका थिए।बलिङमा कोहलपुर क्रीकेट एकेडेमीका लभकुश यादवले ५ ओभरमा १ मेडनसहित १३ रन खर्चेर २ तथा अश्मीत शाहीले ६ ओभरमा २९ रन खर्चेर २ विकेट लिए।

Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi

यो खेलको प्लेयर अफ द म्याच कोहलपुर क्रीकेट एकेडेमीका लभकुश यादव घोषित भए।अल राउन्डरीय प्रदशन गरेका उनले ब्याटिङतर्फ अविजित ३१ तथा बलिङतर्फ २ विकेट लिएका थिए।

Spread the News
  • 578
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi