खराब लयमा रहेको हैदराबादलाई दिल्लीको चुनौती

0
67

एजेन्सी। कोरोना महामारीका कारण बिचमा नै रोकिन पुगेको ईण्डियन प्रिमियर लिग(आईपिए)को दोस्रो चरण आईतबारबाट सुरु भएको छ।

हिजो सम्पन्न खेलमा पहिलो संस्करणको च्याम्पियन टोली राजस्तान रोयल्सले पन्जाव किंग्सलाई २ रनले रोमान्चक रुपमा पराजित गरेकोमा प्रतियोगितामा बुधबार(आज) एक खेल हुदै छ।

आजको खेलमा यस संस्करणको लिगमा लय भेट्याउन नसकेको पुछारको टोली र राम्रो प्रदर्शनका साथ दोस्रो स्थानमा रहेका टिमहरु क्रमश:सनराईजर्स हैदराबाद र दिल्ली क्यापिटल्स बिच खेल हुदैछ।

८ खेलमा ६ मा जित र २ मा हार सहित अंक तालिकाको दोस्रो स्थानमा रहेको दिल्ली क्यापिटल्स र ७ खेलमा १ जित र ६ हार सहित अंक तालिकाको पुछारमा रहेको हैदराबाद बिचको खेलमा जित निकाल्दै हैदराबाद युएईमा उत्कृष्ट सुरुवात गरि प्लेअफको सम्भाबना जिवितै राख्न चाहन्छ भने दिल्ली युएईमा पनि आफ्नो लयलाई जारी राख्न चाहन्छ।

यस संस्करणको अघिल्लो खेलमा सुपर ओभरमा धकेलिएको खेलमा दिल्ली २ विकेटले विजयी भएको थियो।

खेल युएईको दुबईमा नेपाली समय अनुसार बेलुका ७:४५ बाट सुरु हुनेछ।

Spread the News
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi