गण्डकीमाथि एपिएफको रोमाञ्चक जित

0
49

काठमाडौ।नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप टि-२० राष्ट्रिय क्रीकेट प्रतियोगितामा रोमाञ्चक जित निकालेको छ।बिहीबार मुलपानी क्रीकेट मैदानमा सम्पन्न खेलमा एपिएफले गण्डकी प्रदेशलाई २ रनले पराजित गरेको हो।

एपिएफले दिएको ९३ रनको सामान्य लक्ष्य पछ्याएको गण्डकी निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ९२ रनमा समेटिन पुग्यो।गण्डकीका कप्तान विपिन खत्रीले ३६ र बिधान श्रेष्ठले २९ रन जोडे।अन्य ब्याट्सम्यानले राम्रो प्रदशन गर्न सकेनन।

बलिङतर्फ एपिएफका कमलसिंह ऐरीले ४ ओभरमा १० रन खर्चेर ३ विकेट लिए।किशोर महतोले २ विकेट लिए।

Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi

त्यसअघि टस जितेर ब्याटिङ थालेको एपिएफले १८.४ ओभरमा अल आउट हुँदै ९२ रन जोडेको थियो।एपिएफका प्रदिप ऐरीले १७,आसिफ शेखले १६,दिपक बोहोराले १५,सुमित महर्जनले १२ र सन्दीप जोराले १० रन जोडे।

बलिङतर्फ गण्डकीका कमल परियारले ३.४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए।विशाल पौडेलले २ विकेट लिए।

Spread the News
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi