गण्डकी प्रदेश स्तरीय मुख्यमन्त्री कप भलिबल:तनहुँ र म्यादी च्याम्पियन

0
387

काठमाडौ।मुख्यमन्त्री कप गण्डकी प्रदेश स्तरीय भलिबल प्रतियोगितामा तनहुँ र म्याग्दी च्याम्पियन बनेका छन।पोखरा रंगशालामा शनिबार सम्पन्न भएको प्रतियोगितामा पुरुषतर्फ तनहुँ र महिलातर्फ म्याग्दी च्याम्पियन बनेका हुन।

पुरुषतर्फ तनहुँले फाइनल खेलमा स्याङ्जालाई ३-२ को सेटमा पराजित गर्यो।निकै नै रोमान्चक बनेको पहिलो सेटमा स्याङ्जा २५-२३ ले विजयी भयो।दोस्रो र तेस्रो सेटमा तनहुँ २५-१७ र २५-२० ले विजयी भयो।चौथो सेटमा स्याङ्जा २५-१३ ले विजयी भएपछि दुवै टिमले २-२ सेट जितेपछि खेल रोमाञ्चक बन्न पुग्यो।अन्तिम तथा निर्णायक सेटमा तनहुँले स्याङ्जालाई १५-१० ले पराजित गर्दै उपाधी जित्यो।त्यस्तै पर्वतले म्याग्दीलाई ३-१ को सेटमा पराजित गर्दै तेस्रो स्थान प्राप्त गर्यो।

त्यस्तै महिलातर्फ म्याग्दीले पर्वतलाई ३-० को सोझो सेटमा पराजित गर्दै च्याम्पियन बन्यो।म्याग्दीले पर्वतलाई २५-१४,२५-१४ र २५-१७ को सोझो सेटमा पराजित गर्यो।त्यस्तै तनहुँले कास्कीलाई ३-१ को सेटमा पराजित गर्दै तेस्रो स्थान प्राप्त गर्यो।

Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi

उपाधिसँगै विजेता पुरुष तथा महिला टोलीले समान २–२ लाख रुपैयाँ प्राप्त गरेको छ । दोस्रो भएका टोलीले समन १–१ लाख तथा तेस्रो भएको टोलीले समान ५०–५० हजार प्राप्त गरे ।

कास्की जिल्ला भलिवल संघको आयोजनामा ४ फागुनबाट सुरु भएको प्रतियोगिताको विजयी टोली तथा खेलाडीलाई गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुव्वा गुरुङ, राखेपका सदस्य राजेश गुरुङ लगायतले पुरस्कृत गरे ।

प्रतियोगितामा अरुणा शाही र मिलन चन्द ठकुरी सर्वोकृष्ट खेलाडी घोषित भएका छन।महिलातर्फ अरुणा र पुरुषतर्फ मिलन सवोकृष्ट घोषित भएका हुन।उनीहरु दुवैले आ-आफ्नो टिमलाई उपाधी दिलाउन उत्कृष्ट प्रदशन गरेका थिए।

महिलातर्फ तनहुँकी उषा भण्डारी उत्कृष्ट स्पाइकर, पर्वतकी हिरा केसी उत्कृष्ट ब्लकर, म्याग्दीकी कमला पुन उत्कृष्ट सर्भर, तनहुँकी बबिसरा राना उत्कृष्ट सेटर, कास्कीकी अंशु थापा उत्कृष्ट लिब्रो र म्याग्दीका तेजेन्द्र बानियाँ क्षेत्री उत्कृष्ट प्रशिक्षक चुनिए ।त्यस्तै पुरुषतर्फ तनहुँका अशोक श्रेष्ठ उत्कृष्ट स्पाइकर, स्याङ्गजाका महेन्द्र श्रेष्ठ उत्कृष्ट ब्लकर, स्याङ्गजाका बिबस थापा उत्कृष्ट सर्भर, तनहुँका बिबस आले उत्कृष्ट सेटर, स्याङ्गजाका राजन दर्लामी मगर उत्कृष्ट लिब्रो र तनहुँका पदम सुनार उत्कृष्ट प्रशिक्षक चुनिए ।

सर्वोत्कृष्ट र उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही ५/५ हजार प्राप्त गरे ।

Spread the News
  • 521
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi