गर या मर खेलमा नेपालले पायो चुनौती पुर्ण लक्ष्य

0
100

काठमाडौं । आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटको अन्तिम खेलमा नेपालले आफ्नो निर्णायक तथा अन्तिम खेलमा आयोजक युएईविरुद्ध १२८ रनको लक्ष्य पाएको छ।

नेपालले टस जित्दै फिल्डिङ रोजेको पश्चात ब्याटिङमा उत्रीएको युएईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १२७ रन बनाएको हो। उसका लागि चमिना सिराभिरत्नले ३६ बलमा ५२ रनको अर्धशतकिय पारी खेल्दा थिरत्न सतिसले ४७ रन बनाईन् भने नेपालका लागि कविता कुबरले २ तथा सबनम राई ,सिता राना मगर र संगिता राईले १/१ विकेट लिईन्।

नेपालको लागि युएईविरुद्धको खेल गर या मरको अवस्था रहेको छ ।किनभने ग्लोबल छनोटमा स्थान बनाउन नेपालले युएईविरुद्ध जित मात्र नपुगि नेट रनरेटमा समेत भर पर्नुपर्ने हुन्छ ।

Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi

प्रतियोगिता अन्तर्गत ६ टिम सहभागी छन् र केवल एक टिम ग्लोबल छनोटका लागि स्थान सुरक्षित गर्नेछ ।अहिलेको अवस्थामा सहभागी सबै ६ टिमले चार–चार खेल खेलिसकेका छन् र केवल एक खेल खेल्न बाँकी छ ।

अंक तालिका अनुसार लगातार चार खेल जित्दै युएई ८ अंक सहित शीर्ष स्थानमा छ र उसले नेपालविरुद्ध खेल्नुपर्नेछ ।यता नेपाल र हङकङले चारमध्ये तीन–तीन खेल जित्दै समान ६–६ अंक जोडेपनि नेट रनरेटमा भने नेपाल अगाडी छ ।

पहिलो खेलमानै हङकङसँग पराजित बनेको नेपाल अन्तिम खेलमा जित्नै पर्ने दबाबमा छ।

युएई विरुद्ध नेपालको विगत राम्रो रहेको छ। विगतमा युएइ विरुद्ध दुई खेलमा नेपाल दुबैमा जित निकाल्न सफल भएको थियो।२०१९ मा भएका महिला टी-२० विश्वकप क्वालिफायरको एसिया छनोट अन्तर्गत २२ फेब्रुअरीमा ७ विकेटले विजयी भएको थियो भने

त्यसअघि १४ जनवरि २०१९ मा थाइल्यान्डमा भएको टी-२० स्म्याचमा नेपाल ६ वकेटले विजयी भएको थियो। यद्धपि युएईसँग त्यसपछि भने नेपालले प्रतिस्पर्धा गरेको छैन। जसले गर्दा सुधारिएको युएई विरुद्ध नेपाललाई फराकिलो जित मुस्किल पर्ने पक्का छ।

ग्लोबल छनोटको सम्भावना कायमै राखेको हङकङले अन्तिम खेल आईतबार नै कुवेत विरुद्ध खेल्नेछ ।मलेसिया (२ अंक), भुटना (२ अंक) र अंकको खाता खोल्न नसकेको कुवेत ग्लोबल छनोटबाट बाहिरिसकेको छ ।

गत साता कतारसंग तिनवटा टि-ट्वान्टी अन्तर्राष्ट्रियको सिरिज खेलेको नेपाली महिला क्रिकेट टिमले त्यस अघि दुई वर्ष अघि मात्र अन्तर्राष्ट्रिय क्रिकेट खेलेको थियो। कमजोर कतारलाई नेपालले तिन वटै खेलमा पराजित गर्न ठूलो कसरत गर्नु परेन।

नेपाली टिम

रुबिना क्षेत्री ( कप्तान ) , डली भट्ट, सिता राना मगर, करुणा भण्डारी, इन्दु बर्मा, सरिता मगर, ज्योति पाण्डे ( विकेटकिपर ) , सरस्वति चौधरी, काजल श्रेष्ठ ( विकेटकिपर ), सबनम राई, कविता कुँवर, अप्सरी बेगम, कविता जोशी, संगीता राई , प्रशिक्षक : जगत टमाटा

Spread the News
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi