गुलशन झालाई समेट्दै राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणमा १९ खेलाडी

0
254

काठमाडौं । युवा खेलाडी गुलशन झालाई समेट्दै आईसीसी डिभिजन–२ अन्तर्गत त्रिकोणात्मक सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणमा १९ खेलाडी बोलाइएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार बन्द प्रशिक्षणमा १९ खेलाडीलाई बोलाएको हो । क्यानले सार्वजनिक गरेको टिममा गलशन झाले पहिलो पटक स्थान बनाएका छन् ।

युवा खेलाडी झाले प्रधानमन्त्री कप क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका थिए । त्यस्तै उनले मेयर कप क्रिकेटमा पनि उत्कृष्ट प्रदर्शन गर्दै टिमलाई उत्कृष्ट नतिजा दिलाउन सफल भएका थिए ।

Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi

नेपाली टोलीले ओमान र अमेरिकासँग क्रिकोणात्मक सिरिज खेल्दै छ । नेपाल, ओमान र अमेरिकाबीचको सिरिज आउँदो अक्टोबरमा हुनेछ ।

बन्द प्रशिक्षण बिहीबारदेखि सुरु हुनेछ । क्यानले बन्द प्रशिक्षणमा सहभागी हुने सबै खेलाडीको पीसीआर परीक्षण गरेको जनाएको छ ।

यसअघि टिममा बोलाउने तयारीमा रहेको पारस खड्काभने सनन्यास लि सकेपनि टिममा नखेल्ने भएका हुन् । पारसले मंगलबार मात्र अन्तराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका थिए ।

यस्ता छन् बन्द प्रशिक्षणमा बोलाइएका खेलाडी :

ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, आसिफ सेख, गुलशन झा, आरिफ सेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, कमलसिंह ऐरी, अविनाश बोहोरा, साहब आलम, सुशान भारी, शरद भेषावकर, विक्रम सोब, पवन सर्राफ र रोहितकुमार पौडेल ।

Spread the News
  • 642
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi