गुलसन काठमाडौंमा आबद्ध

0
127

नेपाली राष्ट्रिय क्रिकेट टिमका नया सदस्य तिब्र गतिका बलर गुलसन झा आगामी असोज ९ बाट २३ गते सम्म हुने चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग(ईपिएल)मा काठमाडौं किंग्स एघारमा अनुबन्धन भएका छन्।

काठमाडौंमा सम्पन्न मेयर कप एकदिवसिय क्रिकेटमा नेपाल पुलिस क्लबबाट आफ्नो खेल देखाउने अवसर पाएका गुलसनले त्यही प्रतियोगिताबाट आफुलाई प्रमाणित गरि राष्ट्रिय टोलीसॅंग एक सदस्य रहि यात्रा गर्न सफल रहि हाल ओमानमा रहेका छन्।

शुक्रबार टिमहरुले आवश्यक केही खेलाडी बोलकबोलमा गुलसन काठमाडौं किंग्सको नजरमा परे।

काठमाडौंले यस अघि नै युवा स्टार लेगस्पिनर सन्दिप लामिछानेलाई टोलीको कप्तानमा घोषित गरिसकेको छ भने टोलीमा राष्ट्रिय टिमका उपकप्तान दिपेन्द्र सिंह ऐरी सहित पाकिस्तानका पुर्व कप्तान साहिद अफ्रिदि पनि रहेका छन्।

Spread the News
  • 188
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi