चुनौतीका ठुलो तहका बिच पुबुदु आज नेपाल आउदै

0
69

काठमाडौं । नेपाली क्रिकेट टोलीका नवनियुक्त मुख्य प्रशिक्षकमा पुबुदु दसानायके आज नेपाल आउँदै छन् ।

दोस्रो कार्यकालका लागि नेपाल आउन लागेका दसानायके मध्याहन्न ११ : ३० मा त्रिभुवन विमानस्थल आइपुग्ने छन्।

नेपाल क्रिकेट संघ (क्यान) मंसिर २५ मा पुबुदुलाई नियुक्त गरेको थियो ।नेपाली क्रिकेटको स्वर्णिम काल(२०११-२०१४)मा नेपालका मुख्य प्रशिक्षकका रुपमा आफुलाई प्रमाणित गरिसकेका क्यानडाका स्थायी बासीन्दा रहेका पुर्व श्रीलंकन क्रिकेटर दसानायकेको प्रशिक्षणमा नै झीन्न भिन्न बनिरहेको अमेरिकी क्रिकेट एकदिवसिय मान्यता पाउने मुलुक सम्म बन्यो।

गत असोजमा अष्ट्रेलियन मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले राजीनामा दिएपछि रिक्त भएको पदमा क्यानडाले २०११ मा एकदिवसिय विश्वकप खेल्दाका प्रशिक्षक पुबुदु नेपाली क्रिकेटका सर्वाधिक सफल प्रशिक्षक समेत भन्ने गरिन्छ ।

गत असोजमा भएको एभरेष्ट प्रिमियर लिगमा पुबुदुले भैरहवा ग्ल्याडियटर्सको मुख्य प्रशिक्षकको रुपमा काम गरेका थिए । २०१५ मा नेपाली क्रिकेटको आन्तरिक कलहका कारण पुबुदुले प्रशिक्षक छाडेर अमेरिका मुख्य प्रशिक्षकका रुपमा गएका थिए ।

Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi

खेलाडी र क्यान बिच चरम बिन्दुमा पुगेको दरारको अवस्थामा नेपाललाई टि ट्वान्टी विश्वकपमा पुन: स्थापित गराउनु र एकदिवसिय अन्तराष्ट्रिय मान्यतालाई कायम राख्नु पुबुदुको मुख्य चुनौतीका रुपमा अगाडी आएको छ।

Spread the News
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi