चौथो संस्करणको ईपिएलमा नदेखिने तिन नेपाली स्टारहरु

0
246

काठमाडौ।मंगलबार मात्रै महिना दिन लामो ओमान भ्रमण सकाएर फर्किएको नेपाली टोलीका सदस्यहरु आगामी ९ गतेबाट सुरु हुने एभरेस्ट प्रिमियर लिग(ईपिएल)को अन्तिम तयारीका लागि आ आफ्नो फ्रेन्चाईजी टिमसॅंग जोडिसकेका छन्।

हरेक नेपाली क्रिकेटलाई पछ्याउने व्यक्तिका लागि चौथो संस्करणको ईपिएल पर्खाईको विषय बनेको छ। अन्तराष्ट्रिय क्रिकेटमा नाम कमाएका कयौं नाम यस ईपिएलमा जोडिनु तथा विश्वका १५० देशमा यस लिग प्रत्यक्ष देख्न पाउने व्यवस्थाले यस लिगको पर्खाईलाई अझ जोड दिएको छ।

अन्तराष्ट्रिय क्रिकेटमा प्रतिष्ठित नामहरु यस लिगसॅंग जोडिदै गर्दा नेपालका केही स्टारहरु भने यस संस्करणमा नदेखिने भएका छन्। ति नामहरु यसप्रकार रहेका छन् :

Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi

1)पारस खड्का :

नेपाली राष्ट्रिय टोलीका पुर्व कप्तान पारस खड्काले केही महिना अघि मात्र अन्तराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका थिए। विराटनगर वारियर्सलाई कप्तानी गर्दै दोस्रो संस्करणको ईपिएल च्याम्पियन बनाई सकेका खड्काले केही समय क्रिकेट खेलाडीको रुपबाट बाहिर बस्ने संकेत गरेका कारण यस संस्करणको ईपिएलमा आम समर्थकले उनलाई देख्न पाउनु हुने छैन।

२)दिपेन्द्र सिंह ऐरी
:

हाल नेपाली राष्ट्रिय टोलीका उपकप्तान रहेका दिपेन्द्र सिंह ऐरीले अभ्यासका क्रममा खुट्टामा केही समस्याका कारण ओमान भ्रमणका सबै खेल गुमाएका थिए। उनको उपचारमा संलग्न डाक्डरहरुले उनलाई केही हप्ता आराम गर्न र क्रिकेट फिल्डबाट टाढा रहन अनुरोध गरेका कारण उनी पनि यस संस्करणको ईपिएलमा समर्थकको खोजी पात्र बन्ने छन्। चितवन टाईगर्सबाट ट्रेडमा काठमाडौं किंग्स ११ भित्र्यिएका ऐरीको काठमाडौंका लागि डेब्यु खेल चौथो संस्करणमा देख्न नपाईने भएको छ।

३)बसन्त रेग्मी
:

राष्ट्रिय टिमका लागि आवश्यक समयमा विकेट दिलाउन सक्षम तथा आवश्यकता अनुसार ब्याटिङबाट पनि टिमलाई महत्वपुर्ण योगदान दिन सक्षम बसन्त रेग्मी हाल अमेरिकाको घरेलु लिगमा व्यस्त रहेका कारण तथा तत्काल नेपाल फर्कने वातावरण नमिल्ने हुदा विराटनगर वारियर्स टिम तथा आम समर्थकले उनलाई यस संस्करणको ईपिएलमा देख्न पाउने छैन।

यि त केही खेलाडी मात्र रहे यस संस्करणको ईपिएलमा क्रिकेटरको रुपमा नदेखिने क्रिकेटर अनुहार धेरै नै रहेका छन्।

Spread the News
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi