टाईगर कप भलिबलका लागि गण्डकी प्रदेशको प्रारम्भिक टोली छनोट

0
387

काठमाडौं । टाइगर ग्रुप पोखराको आयोजनामा यहि पुस २६ गतेबाट संचालन हुन लागिरहेको दोस्रो टाइगर कप पुरुष तथा महिला भलिबल प्रतियोगिताको लागि गण्डकी प्रदेश पुरुष भलिबल टिमका लागि प्रारम्भिक १४ खेलाडी छनोट भएका छन् ।

पहिलो संस्करणको च्याम्पियन टोली गण्डकी प्रदेश भलिबल टिमको दोस्रो टाइगर कपमा पनि हरि पाण्डेले कप्तानी समाल्ने भएका छन् ।गत संस्करण टिमलाई च्याम्पियन बनाउन महत्वपुर्ण भुमिकामा रहेका राजन दर्लामी मगर, घनश्याम चौधरी र सुजन चोखाल यस बर्षपनि प्रारम्भिक चरणमा छनोटमा रहेका छन्।

गण्डकी प्रदेश भलिबल टिममा निकै नै खोजिएका खेलाडी बिमल परियारले पनि यस बर्षको प्ररम्भिक छनोटमा आफ्नो स्थान बनाएका छन् ।पछिल्लो समय चर्चामा रहेका रबि केसि , हिमाल सुनारी, अशोक श्रेष्ठ पनि यस गण्डकी प्रदेश भलिबल टिमको प्रारम्भिक छनोट मा परेका छन् ।
केही समय शारीरिक अस्वस्थताका कारण खेलहरुमा कम देखिएका दुई चर्चित खेलाडी कमल सुनार र योकेन्द्र गुरुङ पनि खेलमा फर्केका छन् । त्यस्तैगरी गलकोट भलिबल बाट निकैनै चर्चा कमाएका खेलाडी प्रकाश सुनार, दिपक मल्ल ठकुरी पनि प्रारम्भिक छनोट टिममा समाबेश छन् भने केहिसमय अगाडि सम्पन्न एनभिए कप २०७८ मा गण्डकी प्रदेशबाट खेलेका नया खेलाडीहरु सुबाश कुवर र सफल बिश्वकर्मा पनि टिमको प्रारम्भिक छनोटमा स्थान बनाएका छन् ।

Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi

साबिक बिजेता गण्डकी प्रदेश भलिबल टिममा रहेका खेलाडीहरु किरण गुरौ, रुपिन्द्र गैरे, याम क्षेत्री, राजु बिक, ईश्वर थापा थग बहादुर गुरुङ र सन्तोष थापा भने यस बर्षको टाइगरकपमा देख्न नपाइने भएको छ।

पौष २६ गतेदेखि सुरु हुने उक्त प्रतियोगिमा पुरुष तर्फ त्रिभुवन आर्मी क्लब , सशस्त्र प्रहरी बल, नेपाल पुलिस क्लब , टिपटप हेल्प नेपाल र गण्डकी प्रदेशले भाग लिने छन् ।

त्यस्तै महिलातर्फ नेपाल पुलिस क्लब, र सशस्त्र प्रहरी बल (एपीएफ), त्रिभुवन आर्मी क्लब, न्यु डायमण्ड स्पोर्ट्स क्लब र आयोजक टाइगर ग्रुप अफ पोखराको सहभागिता रहनेछ ।

महिला र पुरुष उपाधि विजेता टिमले समान ३–३ लाख रुपैयाँ हात पार्नेछन् । उपविजेता हुने महिला र पुरुषको दुवै टोलीले समान १ लाख ५० हजार,तेस्तो हुने महिला र पुरुष टोलीले ७५ हजार र सान्त्वना हुने महिला र पुरुष टिमले ३५ हजार रुपैया हात पार्नेछन् ।

महिला तथा पुरुषतर्फ उत्कष्ट एक–एक खेलाडीले समान २५ हजार रुपैयाँ हात पार्नेछ । हरेक विधाका उत्कृष्ट खेलाडीले समान १०–१० हजारसहित र ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।

Spread the News
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi