टाईगर कप भलिबल : आज चार खेल हुदै

0
92

काठमाडौ। दोस्रो संस्करणको टाइगर कप महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको तेस्रो दिन आज पनि हिजो जस्तै चार खेल हुदैछ।

आज दोस्रो दिन महिलामा २ तथा पुरुष तर्फ २ गरी ४ खेल हुदैछन्। प्रतियोगिताको पहिलो र दोस्रो खेल महिला तर्फको खेल हुदैछ। आयोजक टाईगर ग्रुप अफ पोखरा र नेपाल पुलिस क्लब पहिलो खेलमा खेल्दै गर्दा यो खेल बिहान ९ बजे पछि सुरु हुने छ। दोस्रो खेलमा बिहान ११ बजे पछि न्यु डायमण्ड र विभागीय टोली नेपाल एपिएफ क्लव आमने सामने हुनेछन्।

आजको अन्तिम २ खेल भने पुरुष टिमको रहेकोमा पुरुष तर्फको आजको पहिलो खेलमा दिउसो १ बजे विभागीय टोली त्रिभुवन आर्मि र हेल्प नेपाल क्लब तथा दोस्रो र आजको अन्तिम खेलमा दुई विभागिय टोलीहरु नेपाल पुलिस क्लब र नेपाल एपिएफ क्लब दिउसो ३ बजे खेल्ने छन्।

शुश्री मिडिया प्रालीको मुख्य प्रायोजन रहेको यस भलिबल प्रतियोगितामा महिला र पुरुष तर्फ समान ५ टोलीले सहभागीता रहने छ।

Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi

यस भलिबल प्रतियोगिता कप भलिबल पोखरा रंगशालामा रहेको भलिबल प्रशिक्षण केन्द्रमा संचालन हुनेछ ।

यस प्रतियोगितामा महिला तर्फ आयोजक सहित विभागीय टोलीहरु नेपाल एपिएफ क्लब,त्रिभुबन आर्मी क्लब,नेपाल पुलिस क्लब र न्यू डायमण्ड एकेडेमिको सहभागीता रहने छ आयोजक टाईगर ग्रुप अफ पोखरा नेपालको कप्तानी भने राष्ट्रिय टोली कप्तान अरुना शाहीले गर्ने छिन्।

पुरुषतर्फ भने सबिक बिजेता गण्डकी प्रदेश सहित त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब र टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लब रहेका छन् ।पुरुषतर्फ टिप टप हेल्प नेपाल स्पोर्टस क्लबमा भारतीय राष्ट्रिय खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ ।

महिला र पुरुषतर्फको विजेताले समान ३ लाख, उपविजेता टोलीले १ लाख ५० हजार, तेस्रो हुनेले ७५ हजार र सान्त्वना हुने टोलीले ३५ हजार प्राप्त गर्नेछ ।

महिला तथा पुरुषतर्फको सर्वोत्कृष्ट खेलाडीले समान २५ हजार प्राप्त गर्नेछ । हरेक विधाका उत्कृष्ट ९स्पाइकर, सेटर, ब्लकर, सर्भर, लिवेरो र प्रशिक्षक० ले समान १०–१० हजार रुपैया हात पार्नेछन् ।

प्रतियोगितामा २०० प्रवेश शुल्क निर्धारित गरिएको छ । ई–सेवा रेमिटबाट प्रत्येक दिनको खेलका ‘म्यान अफ द म्याच’ ले ५ हजार प्राप्त गर्नेछ । केएफसीले महिला तथा पुरुष विजेता टिमका खेलाडीलाई गिफ्ट स्वरुप डिनरको व्यवस्था गरेको छ ।

Spread the News
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi