टाईगर कप भलिबल : आज चार खेल हुदै

0
78

काठमाडौ। दोस्रो संस्करणको टाइगर कप महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको दोस्रो दिन आज पनि चार खेल हुदैछ।

आज दोस्रो दिन महिलामा २ तथा पुरुष तर्फ २ गरी ४ खेल हुदैछन्। प्रतियोगिताको पहिलो खेलमा पुरुष तर्फको खेल हुदैछ त्रिभुवन आर्मी र नेपाल एपिएफ क्लब बिच पहिलो खेलमा खेल्दै गर्दा यो खेल बिहान ९ बजे पछि सुरु हुने छ। दोस्रो खेलमा बिहान ११ बजे विभागीय टोली नेपाल पुलिस तथा गण्डकी प्रदेश आमने सामने हुनेछन्।

आजको अन्तिम २ खेल भने महिला टिमको रहेकोमा महिला तर्फको आजको पहिलो खेलमा दिउसो १ बजे दुई विभागीय टोलीहरु त्रिभुवन आर्मि र नेपाल एपिएफ क्लब तथा दोस्रो तथा आजको अन्तिम खेलमा आयोजक टाईगर ग्रुप अफ पोखरा र न्यु डायमण्ड दिउसो ३ बजे खेल्ने छन्।

शुश्री मिडिया प्रालीको मुख्य प्रायोजन रहेको यस भलिबल प्रतियोगितामा महिला र पुरुष तर्फ समान ५-५ टोलीले सहभागीता रहने छ।

यस भलिबल प्रतियोगिता कप भलिबल पोखरा रंगशालामा रहेको भलिबल ट्रेनिङ सेन्टरमा संचालन हुनेछ ।

Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi

यस प्रतियोगितामा महिला तर्फ आयोजक सहित विभागीय टोलीहरु नेपाल एपिएफ क्लब,त्रिभुबन आर्मी क्लब,नेपाल पुलिस क्लब र न्यू डायमण्ड एकेडेमिको सहभागीता रहने छ आयोजक टाईगर ग्रुप अफ पोखरा नेपालको कप्तानी भने राष्ट्रिय टोली कप्तान अरुना शाहीले गर्ने छिन्।

पुरुषतर्फ भने सबिक बिजेता गण्डकी प्रदेश सहित त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, नेपाल एपिएफ क्लब र टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लब रहेका छन् ।पुरुषतर्फ टिप टप हेल्प नेपाल स्पोर्टस क्लबमा भारतीय राष्ट्रिय खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ ।

महिला र पुरुषतर्फको विजेताले समान ३ लाख, उपविजेता टोलीले १ लाख ५० हजार, तेस्रो हुनेले ७५ हजार र सान्त्वना हुने टोलीले ३५ हजार प्राप्त गर्नेछ ।

महिला तथा पुरुषतर्फको सर्वोत्कृष्ट खेलाडीले समान २५ हजार प्राप्त गर्नेछ । हरेक विधाका उत्कृष्ट (स्पाइकर, सेटर, ब्लकर, सर्भर, लिवेरो र प्रशिक्षक) ले समान १०–१० हजार रुपैया हात पार्नेछन् ।

प्रतियोगितालाई थप आकर्षण दिन यसपटक ‘फोल्डिङ’ मञ्च निर्माण गरिसकेको आयोजकले जनाएको छ । खेलप्रेमी दर्शकका लागि अस्थायी प्याराफिट, जेष्ठ नागरिकलगायत फरक क्षमता भएका दर्शकका लागि छुट्टै व्यवस्था राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुलाई बस्नको लागि विशेष व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा २०० प्रवेश शुल्क निर्धारित गरिएको छ । ई–सेवा रेमिटबाट प्रत्येक दिनको खेलका ‘म्यान अफ द म्याच’ ले ५ हजार प्राप्त गर्नेछ । केएफसीले महिला तथा पुरुष विजेता टिमका खेलाडीलाई गिफ्ट स्वरुप डिनरको व्यवस्था गरेको छ ।

Spread the News
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi