टिम नभई नतिजाको सम्मान : कस्तो बस्दैछ संस्कार

0
348

काठमाडौं । नेपालमा प्रचलित एक भनाई छ नि “असफलता नै सफलताको एक पर्याय हो”
तर नेपाल भलिबल संघको आज त्रिभुवन विमानस्थलमा देखिएको व्यवहारले यसलाई गलत मात्र साबित गरेन कि हाम्रो खेल संघहरु केबल नतिजालाई मात्र हेर्दा रहेछन् न कि खेलाडीको मिहेनतलाई ।

बंगलादेशमा सम्पन्न यस संस्करण सेन्ट्रल जोन सिनियर महिला तथा पुरुष भलिबलमा नेपाली महिला टोली अपराजित रहदै च्याम्पियन बन्दा पुरुष टोली खेल प्रदर्शनमा अघिल्लो संस्करणको भन्दा सुधारिएको प्रदर्शन रहे पनि पर्याप्त तयारीको अभावले नतिजा राम्रो ल्याउन सकेन।

एउटै बिमानबाट त्रिभुबन बिमानस्थलमा अवतरीत महिला टोली सम्मान र तालीका पात्र बन्दै गर्दा नेपाली भलिबलका लागि विश्वकपका रुप रहेको यस प्रतियोगितामा भाग लिएर फर्किएका पुरुष खेलाडी भने अन्य यात्रुसॅंगै बाहिरिदा नेपाल भलिबल संघले उनीहरुलाई एउटा खादा लगाईदिने हैसियतको पनि नठान्दा पुरुष खेलाडीहरु भन्दै थिए कि हाम्रो हौसला कम गर्न संघ आफै लागीरहेको छ।

Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi

“गत संस्करण भन्दा राम्रो प्रदर्शन गरेका पुरुष टोलीलाई सामान्य खादा मात्र लगाएको भए खेलाडीले पनि हामीले नतिजा सोचे अनुरुपको नल्याउदा पनि संघले सम्झियो भनेर आगामी दिनमा झन् राम्रो नतिजा ल्याउन हौसला पाउथे” एक भलिबल समर्थकले भने।

जसरी टोलीलाई भन्दा पनि संघ र सरकारले नतिजालाई सम्मान गरेको देख्दा भोलीका दिनमा यो परिस्थिति अर्को टिममा पनि नआउला भन्न सकिन्न।

Spread the News
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi