डडेल्धुराको लगातार तेश्रो जित निकाल्दा अछामको पहिलो जित

0
54

महेन्द्रनगर। नेपाल क्रीकेट संघको वार्षिक कार्यक्रमअनुसार यहि कञ्चनपुर जिल्ला क्रीकेट संघको आयोजनामा महेन्द्रनगरमा सञ्चालनमा रहेको वाइवाइ यू१९ प्रादेशिक क्रीकेट छनोट प्रतियोगिताको पाँचौँ दिनको पहिलो खेलमा कृष्ण बिष्टको उत्कृष्ट बलिङ्गमा डडेल्धुराले कैलालीलाई ६२ रनले पराजित गर्दै प्रतियोगिताको फाइनलमा आफ्नो स्थान सुरक्षित गर्न सफल हुँदा दोश्रो खेलमा युवराज खत्रीको उत्कृष्ट बलिङ्गमा अछामले बझाङलाइ २२ रनले पराजित गर्न सफल हुँदै पहिलो जित निकाल्न सफल भएका छन्।

कञ्चनपुर जिल्लाको खुलामञ्चमा भएको खेलमा डडेल्धुराले टस जित्दै पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो।फलस्वरूप,डडेल्धुराले निर्धारित ४० ओभरमा सम्पुर्ण विकेटको क्षतिमा १४१ रन जोड्न सफल भयो।ब्याटिङतर्फ डडेल्धुराका लागि कप्तान कैलाश ऐरले २१ बलमा सर्वाधिक २४ रन बनाउन सफल हुदा अरुणप्रकाश दानी ३१ बलमा १७ रन,बिकास ऐर १८ बलमा अविजित १७ रन,निर्मल पुनमगर ३७ बलमा १६ रन,दिपक बोहराले १७ बलमा १४ रन तथा सचीन साउँदले २३ बलमा १४ रन बनाउन सफल भए।बलिङतर्फ कैलालीका लागि रजत रानाले ५.४ ओभरमा २७ रन खर्चंदै सर्वाधिक ३दिपक रोकायाले ७ ओभरमा २८ रन खर्चँदा प्रवेश साउँदले पनि ४ ओभरमा १८ रन खर्चंदै समान २/२ विकेट लिन सफल भए।

१४२ रनको मध्यम विजयी लक्ष्य पछ्याउँदै ब्याटिङमा मैदान उत्रेको कैलालीले निर्धारित ४० ओभरको खेलमा २६.१ ओभरमा सम्पुर्ण विकेटको क्षतिमा मात्र ७९ रन बनाउनसक्दा खेल ६२ रनको फराकिलो अन्तरले गुमाउनपुग्यो।ब्याटिङतर्फ कैलालीका लागि नरेन साउँदले १४ बलमा सर्वाधिक १८ रन बनाउदा प्रवेश साउँद २४ बलमा अविजित २४ रन,सन्दिप बिष्ट ३९ बलमा १४ रन तथा दिनेश ओडले २७ बलमा १४ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो रन अंक छुन सकेनन्।बलिङतर्फ डडेल्धुराका लागि कृष्ण बिष्टले ४.१ ओभरमा १ मेडेनसहित १४ दिपक बोहराले ८ ओभरमा ३ मेडेनसहित १२ रन,निरज ऐरले ६ ओभरमा २ मेडेनसहित ३१ रन तथा सचिन मल्लले ४ ओभरमा १ मेडेनसहित ९ रन खर्चंदै समान २/२ विकेट लिन सफल भए।

Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi

वाइवाइ यू१९ प्रादेशिक छनोट एकदिवसीय क्रीकेट प्रतियोगिताको पाँचौँ दिनको पहिलो खेलमा डडेल्धुरा ६२ रनको फराकिलो अन्तरले विजयी हुनसफल हुँदै प्रतियोगिताको फाइनलमा पनि प्रवेश गर्न सफल भयो।उक्त खेलमा म्यान अफ दी म्याच डडेल्धुराका कृष्ण बिष्ट घोषित हुन सफल भए।

कञ्चनपुरको कभर्डहलमा भएको दोश्रो खेलमा अछामले टस जित्दै पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो।फलस्वरूप, अछामले निर्धारित ४० ओभरको खेलमा ३४.३ ओभरमा सम्पुर्ण विकेटको क्षतिमा मात्र १६० रन बनाउनसक्यो।ब्याटिङतर्फ अछामका लागि आशिष लुहारले ३४ बलमा सर्वाधिक ४० रन बनाउन सफल हुँदा विनय जोशी ७७ बलमा २९ रन,आशिष बुढाऐर १३ बलमा १८ रन तथा जित साउँदले २७ बलमा १६ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो रन अंक छुन सकेनन।बलिङतर्फ बझाङका लागि कप्तान अशोक धामीले ८ ओभरमा २ मेडेनसहित १८ रन,सञ्जय बोहरा ८ ओभरमा ४५ रन तथा अनिल थापाले ५ ओभरमा ३४ रन खर्चंदै समान २/२ विकेट लिन सफल भए।

१६१ रनको मध्यम विजयी लक्ष्य पछ्याउँदै मैदान उत्रेको बझाङले निर्धारित ४० ओभरको खेलमा २२ ओभर खेल्दै सम्पुर्ण विकेटको क्षतिमा १३८ रन बनाउन सफल भयो।ब्याटिङतर्फ बझाङका लागि कप्तान अशोक धामीले २२ बलमा सर्वाधिक ३१ रन बनाउन सफल हुँदा सञ्जय बोहरा १८ बलमा १६ रन पारस रोकाया १८ बलमा अविजित १० रन तथा नरेन्द्र रानाले २५ बलमा ११ रन बनाउन सफल भएपनि आफ्मो टोलिलाइ जित भने दिलाउन सकेनन्।बलिङतर्फ अछामका लागि युवराज खत्रीले ७ ओभरमा २ मेडेनसहित ४३ रन खर्चंदै सर्वाधिक ४ विकेट लिन सफल हुँदा जयकृष्ण साउँदले ५ ओभरमा १६ रन खर्चंदै महत्त्वपूर्ण ३ विकेट लिन सफल भए।त्यस्तै,जित साउँदले ६ ओभरमा ३४ रन खर्चंदै महत्त्वपूर्ण २ विकेट लिन सफल भए।

वाइवाइ यू१९ प्रादेशिक छनोट एकदिवसीय क्रीकेट प्रतियोगिताको पाँचौँ दिनको दोश्रो खेल अछामले २२ रनले जित्न सफल भयो।उक्त खेलका म्यान अफ दी म्याच अछामका युवा खेलाडी युवराज खत्री घोषित हुन सफल भए।

Spread the News
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi