डेभिज वीजेको किर्तिमानसँगै ट्रिनबेगोलाई हराउँदै सेन्ट लुसिया फाइनलमा

0
102

एजेन्सी।डेभिज विजेले किर्तिमान बनाउदा साविक विजेता ट्रिनबेगो नाइट राइडर्सलाई २१ रनले हराउँदै सेन्ट लुसिया किङ्स क्यारेबियन प्रिमियर लिग(सिपिएल) को फाइनलमा पुगेको छ।

ट्रिनबेगो बिरुद्व ५ विकेट लिएपछि डेभिज वीजे टि२0 क्रीकेटमा सर्वाधिक ५ विकेट लिने बलर बनेका छन।उनले श्रीलंका लासिथ मालिंगालाई पछि पार्दै टि२० क्रीकेटमा ६ पटक ५ विकेट लिएका छन।मालिंगाले टि२० क्रीकेटमा ५ पटक ५ विकेट लिएका थिए।
सेन्ट लुसियाले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको ट्रिनबेगो १९.३ ओभरमा १ सय ८४ रनमा समेटियो।ट्रिनबेगोका सुनिल नारिनेले १७ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ३० रन जोडे।दिनेश रामदिन २९,कोलिन मुनरो २८,कप्तान काइरन पोलार्ड २६,डारेन ब्राभो २५ र टिम सेफर्ट १० रनमा आउट भए।

बलिङतर्फ सेन्ट लुसियाका डेभिड वीजेले ४ ओभरमा ३९ रन खर्चेर ५ विकेट लिए।वाहब रियाज र कीमो पौलले २/२ विकेट लिए।अलजारी जोसेफको नाममा एक विकेट रह्यो।

Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सेन्ट लुसियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय ५ रन जोडेको थियो।सेन्ट लुसियाका मार्क डियलले ४४ बलमा ५ चौका र ६ छक्कासहित सर्वाधिक ७७ रन जोडे।टिम डेभिड १७ बलमा १ चौका र ४ छक्कासहित ३८ रनमा अविजित रहे।रोस्टन चेस २१ बलमा २ चौका र २ छक्कासहित ३६ रनमा आउट भए।डेभिड विजे २१ बलमा १ चौका र ४ छक्कासहित ३४ रनमा अविजित रहे।

बलिङतर्फ ट्रिनबेगोका आकेल होसैन,रवि रामपौल,सुनिल नारिने र खरी पियरेले एकएक विकेट लिए।

Spread the News
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi