तरबेज शाम्सीले राजस्तानबाट आइपिएल खेल्ने

0
107
Tabraiz Shamsi of South Africa celebrates the dismissal of Andre Russell of West Indies during the 4th T20I between West Indies and South Africa at Grenada National Cricket Stadium, Saint George's, Grenada, on July 1, 2021. (Photo by Randy Brooks / AFP) (Photo by RANDY BROOKS/AFP via Getty Images)

एजेन्सी।दक्षिण अफ्रीकी स्पिनर तरबेज शाम्सीले राजस्तान रोयल्सबाट इन्डियन प्रीमियर लिग(आइपिएल) खेल्ने भएका छन।युएईमा आगामी महिना हुने आइपिएलको दोस्रो चरणमा राजस्तानले शाम्सीलाई अनुबन्ध गरेको हो।

तरबेज शाम्सी टि२० बरियताको नम्बर १ बलर समेत हुन।उनले ३९ टि२० अन्तर्राष्ट्रिय खेलमा ४५ विकेट लिएका छन।उनको टि२० अन्तर्राष्ट्रिय खेलमा उच्च प्रदशन ४/२५ हो।शाम्सी आएपछि राजस्तानको बलिङ युनिट थप बलियो हुने अनुमान गरिएको छ।

यसअघि ईङ्ल्यान्डका विकेटकिपर ब्याट्सम्यान जस बटलर नखेल्ने भएपछि राजस्तानले ग्लेन फिलिप्सलाई अनुबन्ध गरेको थियो।यस सिजन इंग्ल्यान्डका अलराउन्डर बेन स्टोक्स र तीव्र गतिका बलर जोफ्रा आर्चरले चोटका कारण नखेल्ने निश्चित छ ।त्यस्तै बंगलादेशका तीब्र गतिका बलर मुस्ताफिजुर रहमानले पनि आइपिएल खेल्ने छैनन।

Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi

२०२१ को आधा सिजन सकिँदा राजस्थान ७ खेलमा ४ मा हार र ३ मा जित सहित ६ अंक जोड्दै पाँचौ स्थानमा छ । दोस्रो लेग अन्तर्गत राजस्थानले पन्जाब किङ्ससँग सेप्टेम्बर २१ मा खेल्ने छ ।

Spread the News
  • 414
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi