थन्डरले मेलबर्नलाई हरायो :अंक तालिका बन्यो यस्तो

0
449

बिग ब्यास लिग(बिबिएल)मा मेलवर्न स्टार्सले लगातार दोस्रो हार व्यहोरेको छ।मंगलबार भएको दोस्रो खेलमा मेलवर्न स्टार्स सिड्नी थन्डर्ससॅंग ७५ रनले पराजित भएको हो।

मेलवर्नले पाएको २२० रनको लक्ष्य पछ्याएकोमा सिड्नीले उसलाई १९.५ ओभरमा १४४ रनमा अलआउट भएर ७५ रनको हार व्यहोर्न पुगेको थियो। स्टारका लागि मार्कस स्टोनिसले बनाएको २७ रन नै ठुलो रन बन्न पुग्यो।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सिड्नीले निर्धारित २० ओभरमा ७विकेट गुमाउँदै २१९ रन जोडेको थियो।उसको लागि एलेक्स हेल्सले २८ बलमा ८ चौका र ५ छक्काको मदतमा ७१ रन जोडेका थिए।

यो जित सॅंगै १५ अंकसहित सिड्नी तालिकाको दोस्रो स्थानमा उक्लदा स्टार भने १० अंक सहित तालिकाको पाॅंचौ स्थानमा रहेको छ।

Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Spread the News
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi