दक्षिण अफ्रिकाले जित्यो भारतसँगको टेस्ट सिरिज

0
60

एजेन्सी।घरेलु टोली दक्षिण अफ्रिकाले भारतबिरुद्वको एकदिवसीय सिरिज जितेको छ।अन्तिम तथा निर्णायक टेस्टमा दक्षिण अफ्रिकाले भारतलाई ७ विकेटले पराजित गर्दै टेस्ट सिरिज जितेको हो।

भारतले दिएको २ सय १२ रनको विजयी लक्ष्य दक्षिण अफ्रिकाले चौथो दिनको दोस्रो सेसनमा ३ विकेट गुमाएर पूरा गर्यो।दक्षिण अफ्रिका कीगान पिटरसन १ सय १३ बलमा १० चौकासहित सर्वाधिक ८२ रनको योगदान दिए।रास्सी भान डेर दुसेन ९५ बलमा ३ चौकासहित ४१ रनमा अविजित रहे।तेम्बा बाभुमा ५८ बलमा ५ चौकासहित ४२ रनमा अविजित रहे।कप्तान डीन एल्गर ३० र ऐडन मारक्रम १६ रनमा अविजित रहे।

बलिङतर्फ भारतका मोहम्मद शामी,जसप्रित बुमराह र शार्दुल ठाकुरले एकएक विकेट लिए।

पहिलो इनिङ्समा १३ रनको अग्रता लिएको भारतले दोस्रो इनिङ्समा १ सय ९८ रन जोड्दै समग्रमा २ सय ११ रन जोडेको थियो।भारतका विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्त १ सय ३९ बलमा १३ चौका र ४ छक्कासहित एक सय रनमा अविजित रहे।विराट कोहली १ सय ४३ बलमा ४ चौकसहित २९ रन जोडे । अन्य कुनैपनि ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन ।

Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi

बलिङतर्फ दक्षिणी अफ्रिका मार्को जेनसेनले सर्वाधिक ४ विकेट लिए।कागिसो रबडा र लुंगी एनगिडीले ३-३ विकेट लिए।

दक्षिण अफ्रिकाले पहिलो इनिङ्समा २ सय १० रन जोडेको थियो।दक्षिण अफ्रिका किगन पिटरसनले १ सय ६६ बलमा ९ चौकासहित सर्वाधिक ७२ रनको योगदान दिए । तेम्बा बाभुमाले २८,केशव महाराजले २५ र रास्सी भान डेर दुसेनले २१ रन जोडे।

बलिङतर्फ भारतका जसप्रित बुमराहले २३.३ ओभरमा ८ मेडन राख्दै ४२ रन खर्चेर ५ विकेट लिए।मोहम्मद शामी र उमेश यादवले २-२ विकेट लिए।

टस जितेर ब्याटिङ थालेको भारतले पहिलो इनिङ्समा २ सय २३ रन जोडेको थियो।भारतका कप्तान विराट कोहलीले २ सय १ बलमा १२ चौका र १ छक्कासहित सर्वाधिक ७९ रनको योगदान दिए।चेतेश्वर पुजाराले ४३ र ऋषभ पन्तले २७ रन जोडे।

बलिङतर्फ दक्षिण अफ्रिका कागिसो रबडाले सर्वाधिक ४ विकेट लिए।मार्को जेनसेनले ३ विकेट लिए।

पहिलो टेस्टमा भारत १ सय १३ रनले विजयी हुदा दोस्रोमा ७ विकेटले पराजित भएको थियो।भारत र दक्षिण अफ्रिकाबीच तीन खेलको ओडिआई सिरिज पनि हुनेछ।

Spread the News
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi