दक्षिण अफ्रीकामाथी पाकिस्तानको रोमाञ्चक जित

0
113169

एजेन्सी।दक्षिण अफ्रीकाबिरुद्वको पहिलो एकदिवसीयमा पाकिस्तानले रोमाञ्चक जित निकालेको छ।शुक्रबार राती भएको पहिलो एकदिवसीयमा पाकिस्तानले दक्षिण अफ्रीकामाथि ३ विकेटको रोमाञ्चक जित निकालेको हो।

दक्षिण अफ्रीकाले दिएको २७४ रनको लक्ष्य पाकिस्तानले अन्तिम बलमा ७ विकेट गुमाएर पूरा गर्यो।पाकिस्तानका कप्तान बाबर अजामले १०४ बलमा १७ चौकाको मदतमा १०३ र इमाम उल हकले ८० बलमा ३ चौका र १ छक्काको मदतमा ७० रन जोडे।त्यस्तै मोहम्मद रिजवानले ४० र सदाव खानले ३३ रन जोडे।

पाकिस्तानलाई अन्तिम ओभरमा ३ रन आवश्यक थियो।तीव्र गतिका बलर एन्डिले फेहलुकवयोले अन्तिम ओभरको पहिलो बलमा सादब खानलाई ३३ रनमा रास्सी भान डर डुसेनबाट क्याच आउट गराए । त्यसपछि फेहलुकवयोले फहिम अशरफलाई लगातार तीन बल डट राखे । पाँचौं बलमा फहिमले स्टेटमा प्रहार गर्दै दुई रन बटुलेपछि अन्तिम बलमा एक रन चाहिँएको थियो । फहिमले अन्तिम बलमा एक रनका साथ जित पक्का गरे ।

Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi

एनरिच नोर्कियाले १० ओभरमा ५१ रन खर्चेर ४ विकेट लिए । एन्डिले फेहलुकवयोले २ र कागिसो रबाडाले १ विकेट लिए ।

त्यसअघि सुपरस्पोर्ट्स पार्क सेन्चुरियनमा टस हारेर पहिला ब्याटिङ थालेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा २ सय ७३ रन बनाएको थियो । दक्षिण अफ्रिका रास्सी भान डर डुसेनले १ सय ३४ बलमा १० चौका र २ छक्का सहित १ सय २३ रनमा अविजित रहे। उनले १ सय २३ बलमा आफ्नो ओडिआई करिअरको पहिलो शतक प्रहार गरेका थिए ।

त्यस्तै डेविड मिलर ५६ बलमा ५ चौका सहित ५० रनमा आउट भए । पाँचौं विकेटका लागि मिलर र डुसेनले १ सय ३५ बलमा १ सय १६ रनको शतकीय साझेदारी गरेका थिए । ओपनर एडेन माक्ररम १९, विकेटकिपर क्विन्टन डी कक २० र एन्डिेले फेहलुकवयो २९ रनमा आउट भए । कागिसो रबाडा १० बलमा २ चौका सहित १३ रनमा अविजित रहे । पाकिस्तानका तीव्र गतिका बलर शाहिन अफ्रिदी र हरिस रौफले २–२ विकेट लिए । फहिम अशरफ र मोहम्मद हसनैननले १–१ विकेट लिए । दोस्रो ओडिआई आइतबार हुने छ ।

Spread the News
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi