दोस्रो मैत्रीपूर्ण खेलमा कैलाली जिल्ला क्रीकेट क्लब विजयी

0
343

माघ,१७,धनगढी।
हिजोबाट कञ्चनपुर जिल्लाको महेन्द्रनगर कभर्डहलमा सुरु भएको कञ्चनपुर क्रीकेट एकेडेमी र कैलाली जिल्ला क्रीकेट क्लववीचको ३-एकदिवसीय खेल अन्तर्गत आज आज भएको दोस्रो एकदिवसीय खेलमा कैलाली जिल्ला क्रीकेट क्लवले टस जित्दै पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो।फलस्वरूप,कैलाली जिल्ला क्रीकेट क्लवले निर्धारित ४० ओभरको खेलमा ३४.५ ओभरमा सम्पुर्ण विकेटको क्षति मात्रै १९१ रन बनाउनसक्यो।ब्याटिङतर्फ कैलाली जिल्ला क्रीकेट क्लवका लागि दिपक टमटाले ३७ बलमा सर्वाधिक ५३ रन बनाउदै सिरिजमा दोश्रो अर्धशतक प्रहार गर्न सफल भएका छन्।त्यस्तै,लक्की कडायतले ४९ बलमा ४९ रन,सुवास थापाले ३० बलमा १८ रन तथा डबल ऐरले ३३ बलमा १५ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन्।बलिङतर्फ कञ्चनपुर क्रीकेट एकेडेमीका लागि मिलन बोहराले ८ ओभरमा २८ रन खर्चँदा निराजन गौतमले पनि ८ ओभरमा ३२ रन खर्चंदै समान ३/३ विकेट लिन सफल भए।
१९१ रनको मध्यम विजयी लक्ष्य पछ्याउँदै मैदान उत्रेको कञ्चनपुर क्रीकेट एकेडेमीले निर्धारित ४० ओभरको खेलमा ३९ ओभर खेल्दै सम्पुर्ण विकेटको क्षति मात्र १७५ रन बनाउनसक्दा सिरिजको दोश्रो एकदिवसीय खेल १६ रनले गुमाउन पुग्यो।ब्याटिङतर्फ कञ्चनपुर क्रीकेट एकेडेमीका लागि कप्तान प्रकाश पाण्डेले ८४ बलमा सर्वाधिक ४५ रन बनाउदा अनुज अधिकारीले ५३ बलमा ४३ रन,मिलन बोहराले २५ बलमा २३ रन तथा निराजन गौतमले १८ बलमा १३ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन्।बलिङतर्फ कैलाली जिल्ला क्रीकेट क्लवका लागि डबल ऐरले ८ ओभरमा १ मेडेनसहित २६ रन खर्चंदै सर्वाधिक ४ विकेट लिन सफल हुँदा कप्तान श्याम साउँदले पनि ८ ओभरमा ३० रन खर्चंदै महत्त्वपूर्ण ३ विकेट लिन सफल भएपछि आफ्नो टोलिलाइ महत्त्वपूर्ण जित दिलाउन सफल भएका हुन।
३-एकदिवसीय खेलको सिरिजको दोश्रो एकदिवसीय खेल कैलाली जिल्ला क्रीकेट क्लवले १६ रनले जित्न सफल हुँदै सिरिज १-१ को बराबरी गर्न सफल भएका छन्।दोश्रो एकदिवसीय खेलको म्यान अफ दी म्याच कैलाली जिल्ला क्रीकेट क्लवका डबल ऐर घोषित हुन सफल भएका छन्।
एकदिवसीय सिरिजको अन्तिम खेल भोलि बिहान ०९ बजेदेखि महेन्द्रनगरको कभर्डहलमा सुरु हुनेछ।

Spread the News
  • 196
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi