दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल र बंगलादेशको बराबरी

0
100

एजेन्सी।दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय महिला टोली र बंगलादेशले बराबरी खेलेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेल गोलरहित बराबरीमा सकिएको हो ।

प्रतिस्पर्धात्मक बनेको खेलमा नेपाल र बंगलादेशले गोलका थुप्रै अबसर बनाएपनी त्यसलाई सदुपयोग गर्न नसक्दा खेल बराबरीमा सकिन पुग्यो।पहिलो खेलको तुलनामा बंगलादेशले दोस्रो खेलमा सुधारिएको प्रदशन गर्न सफल भयो।

बिहीबार भएको पहिलो मैत्रीपुर्ण खेलमा नेपालले २–१ को जित निकालेको थियो । डेब्यु खेलमै सविता रानामगर र प्रीति राईको नेपालको लागि गोल गरेकी थिइन् ।

एएफसी एसियन कप २०२२ छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय महिला फुटबल टिमले बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेल खेलेको हो।उज्वेकिस्तानमा हुने एएफसी कप छनोट अन्तर्गत नेपालले १८ सेप्टेम्वरमा फिलिपिन्स र २१ सेप्टेम्बरमा हङकङसँग प्रतिस्पर्धा गर्दैछ ।

Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Spread the News
  • 153
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi
Cyprusandaxi